कल सेन्टरमा प्रहरी छापा, भारतीयसहित ९ जना 'टिम लिडर' पक्राउ, २४० कर्मचारीसँग सोधपुछ

कल सेन्टरमा प्रहरी छापा, भारतीयसहित ९ जना 'टिम लिडर' पक्राउ, २४० कर्मचारीसँग सोधपुछ

भैरहवा : रूपन्देही प्रहरीले संगठित रूपमा सर्वसाधारणलाई ठगी गर्ने गिरोह पक्राउ गरेको छ। जिल्लाको तिलोत्तमा नगरपालिका-२ जानकीनगरस्थित रहेको ब्लु स्काइ विजनेश सोलुसन प्रालि नामक कल सेन्टरबाट सर्वसाधारणहरूलाई ठगी गर्ने गरेको सूचनाको आधारमा छापा मारेर एक जना भारतीयसहित ९ जना 'टिम लिडरहरू'लाई पक्राउ गरिएको रूपन्देहीका प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार कल सेन्टरमा कार्यरत २ सय ४० जना कर्मचारीसँग सोधपुछ भइरहेको छ। कल सेन्टरबाट फोन कल/ह्वाट्स एपमा म्यासेज/कल मार्फत चिठ्ठा पर्यो भन्दै सर्वसाधारणहरूलाई ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताए। 

चिनियाँ र भारतीय नागरिकको लगानीमा सञ्चालित उक्त कल सेन्टरबाट २ सय ४० थान मोबाइल, सयौं थान कम्प्युटरलगायत ठगीमा संग्लनमा विभिन्न साम्रगी प्रहरीले बरामद गरेको छ। 

४ तल्ले भवनको ३ वटा फ्लायटमा सञ्चालित उक्त कल सेन्टरको कोठाहरूलाई सिल गरिएको छ।

सेन्टरबाट सर्वसाधारणलाई थोरै रकमको कर्जा दिने र पछि पीडितको मोबाईल नम्बरमा रहेको कन्ट्याकट नम्बर, फेसबुक, मोबाइलमा भएको तस्बिरहरू ह्याक गरी पीडितका आफन्त, साथीभाई लगायतको मोबाइलमा पीडितको अश्लील तस्बिर/भिडियो पठाएर ब्ल्याकमेल गर्ने गरेको बुझिएको छ।

जसका लागि ठगी गिरोहले कर्जा दिनु अघि सर्वसाधारणहरूलाई आफैले निर्माण गरेको व्हाट्स एप जस्तै एप डाउनलोड गर्न लगाउने गर्दछन्। जसकारण पछि उनीहरूलाई पीडितहरूको मोबाईल ह्याक गर्न सजिलो हुने गर्दछ।

सेन्टरका सञ्चालकहरूले कार्यालयमा एम वान, एम टू, एम थ्री, एम फोर, एम फाइभ, डी माइनस, एस वान र एस टू लगायत विभिन्न डिपार्ट वर्गिकरण गरी कर्मचारीहरू खटाइएका थिए। उक्त डिपार्टका कर्मचारीहरूले समान्य कुराकानी  देखि लिएर बल्याकमेल गरेर सम्म ठगी गर्ने गरेको बताईएको छ।

ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको रूपन्देही प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.