पूर्वी पहाडी क्षेत्रमा भूकम्पः चार घर भत्किए, दुई दर्जन बढीमा क्षति

पूर्वी पहाडी क्षेत्रमा भूकम्पः चार घर भत्किए, दुई दर्जन बढीमा क्षति

ओखलढुंगाः खोटाङको मात्तिम विर्तालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान गएको भूकम्पले विभिन्न जिल्लामा क्षति पुर्‍याएको छ। पछिल्लो विवरणअनुसार विभिन्न जिल्लामा ४ घर भत्किएका छन् भने दुई दर्जन बढी घरहरूमा क्षति पुगेको  छ। 

आइतबार बिहान करिब ८ बजेर १३ मिनेट जाँदा खोटाङको साकेला गाउँपालिका-५, मात्तिम विर्तालाई केन्द्र बनाएर गएको ६ रेक्टर स्केलको भूकम्पको धक्काले खोटाङ, ओखलढुंगा र भोजपुरका विभिन्न स्थानमा सामान्य क्षति भएको छ। 

भूकम्पको केन्द्रमा दुई घर भत्किएका छन्। दुई दर्जन बढी घरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए। उनले भने, 'दुई दर्जन घरमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ, कति घरका छानाका टायल खसेका छन् कतिका गाह्रो चर्केर क्षति भएको छ।' मानवीय र पशुधन क्षति नभएको लम्सालको भनाइ छ। 

ओखलढुंगामा भूकम्पको ठूलै धक्का महशुस भएपनि पनि एक घरमा मात्र क्षति पुगेको छ। चिशंखुगढी-२ मा पुरानो एक घर भत्किएको प्रहरीले जनाएको छ। ओखलढुंगाका प्रहरी नायव उपरीक्षक सुकदेव खनालले एक घरको गाह्रो भत्केको अन्य विवरण हालसम्म अध्यावधिक नभएको अन्नपूर्णलाई बताए। 

भोजपूरमा पनि भूकम्पका कारणले सामान्य क्षति देखिएको छ। भोजपुर नगरपालिका-१२, टक्सारको एक घरमा क्षति पुगेको बताइएको छ। उक्त घरमा मानिसको बसोबास नभएकाले मानवीय क्षति नभएको स्थानीयले बताए। 

भूकम्पको धक्का छोटो समय महसुस भएकाले क्षति कम भएको स्थानीयको भनाइ छ। पहाडी जिल्लाका सुरक्षा प्रमुखहरूले क्षतिको विवरण यकिन गर्ने काम भइरहेको र सबैलाई सुरक्षित रूपमा बस्न आग्रह गरेका छन्। 

विगतका भूकम्पले धेरै क्षति पुगेकाले नागरिकमा धेरै सचेतना आएको भए पनि नेपाल भूकम्पको उच्च जोखिममा रहेकाले सधैं सतर्क नै रहनुपर्ने ओखलढुंगा क्याम्पसका समाजशास्त्रका उप प्राध्यापक डा. भेषनाथ खनालले बताए। जिल्लाबासीलाई भूकम्पबाट हुने जोखिमबारे सतर्क रहन जिल्ला प्रहरी तथा प्रशासन कार्यालयले अपिल समेत गरेका छन्। मात्तिम विर्तालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट पूर्वी पहाडका सबै जिल्लाहरूमा तराईका जिल्लाभन्दा बढी धक्का महशुस गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.