काँकडभिट्टामा लत्ताकपडा र जुत्ता बरामद

काँकडभिट्टामा लत्ताकपडा र जुत्ता बरामद

झापा : झापा प्रहरीले काँकडभिट्टाबाट डेढ लाख मूल्यभन्दा बढीको लत्ताकपडा र जुत्ता बरामद गरेको छ। 

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ स्थित गैरीगाँउमा आइतबार बिहान साढे १० बजे भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको साडी, कुर्था सुरुवाल, कुर्थी, लेगिज, सटको थान कपडा गरी एक लाख ६ हजार मूल्य बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। 

त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बेलुका ५ बजे मेचीनगर-६ मा भारतबाट भन्सार छलेर ल्याएको ६० हजारको स्पोर्टस जुत्ता बरामद गरेको छ। बरामद गरिएको लत्ताकपडा र जुत्तालाई आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको डीएसपी पाठकले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.