गगनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न हिचकिचाउनु पर्दैन : महामन्त्री शर्मा

गगनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न हिचकिचाउनु पर्दैन : महामन्त्री शर्मा

झापा : नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव र समर्थन गर्न हिचकिचाउनु पर्ने कुनै कारण नरहेको स्पष्ट पारेका छन्। गृहनगर झापाको धुलाबारीमा आइतबार साँझ आयोजित कार्यकर्ता भेलामा बोल्दै महामन्त्री शर्माले भने, 'सम्भावना भएको युवा देशका लागि केही गर्छु भन्ने हिम्मतका साथ आउँछ भने उसलाई समर्थन गर्नुपर्छ, गगन हिम्मत, योग्यता र क्षमता भएका व्यक्ति हुन्।' 

५० वर्षभन्दा कम उमेरका नेता प्रधानमन्त्री बनेको कांग्रेसको इतिहास छ। गगनलाई आफूले भावी प्रधानमन्त्रीका लागि समर्थन गर्नु अनौठो नभएको उनले प्रस्टाए। 'बिपी कोइराला, शेरबहादुर देउवा ५० वर्षभन्दा कम उमेरमा देशको प्रधानमन्त्री भएको  काङ्ग्रेसको इतिहास छ', महामन्त्री शर्माले भने, 'मैले हिम्मतका साथ गगनलाई प्रधानमन्त्रीमा समर्थन गर्छु भनेको हुँ, एमाले, माओवादीका नेताले पनि युवालाई प्रस्ताव गर्नु भयो भने मेरो नकारात्मक टिप्पणी किमार्थ हुँदैन।' 

कांग्रेसमा गगन मात्र होइन थुप्रै नेता प्रधानमन्त्रीका लागि योग्य र सक्षम भएको उनले बताए। 'कांग्रेसमा मधेसबाट विमलेन्द्र निधि, आदिवासी जनजातिबाट प्रकाशमान सिंह, निडर नेता पार्टी उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाँण सबै प्रधानमन्त्रीका लागि योग्य हुनुहुन्छ', महामन्त्री शर्माले भने, 'सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले म पाँच पटक भएँ तपाईँ पहिलो पटक प्रधानमन्त्री हुनुस् भनेर नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दा कसैको विमति हुँदैन।'

महामन्त्री शर्माले नेता शेखर कोइरालालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेर अगाडि जाँदा पार्टीलाई हित हुन्छ भने कसैले असहज मान्न नहुनेमा जोड समेत दिए। 'यहाँ व्यक्तिको कुरा होइन, कसले कसको समर्थन गर्‍यो भन्नु पनि हुन्न, जे कुराले पार्टीको हित र जनभावनाको कदर हुन्छ, त्यो नै अहिलेको आवश्यकता हो' शर्माले भने,'मैले गगनको कुरा गरेँ भन्ने नै होइन, अरू पार्टीका नेताले सम्भावना र सक्षम नेताको प्रस्ताव गरे हुन्छ, काङ्ग्रेसमा त्यसको कमी नै छैन।'

आफूलाई झापा १ बाट उम्मेदवार बन्ने सुविधा भएपनि हार्ने छुट नभएको उनले बताए। नेता कृष्णप्रसाद सिटौलालाई चुनाव जिताउनुपर्ने दायित्व झापा कांग्रेसका नेता कार्यकर्ताको भएको उनको भनाई छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.