भैरहवाको विकासका लागि एडीबीसँग छलफल

भैरहवाको विकासका लागि एडीबीसँग छलफल

भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) को विकासका लागि एशियाली विकास बैंक (एडिबी) सँग छलफल गरिएको छ ।

सोमबार सिद्धार्थनगर नगरपालिकामा विकासका योजना संचालनका लागि नगरपालिका र एडीबीबीच छलफल भएको हो ।

छलफलको क्रममा एडीबीको वरिष्ठ शहरी विकास विज्ञ लक्ष्मी शर्माले एडीबीले संचालन गर्ने योजनालगायतका विषयमा प्रतिवेदन प्रस्तुत गरेकी छन्।

त्यस्तै, नगरपालिकाको तर्फबाट योजना प्रमुख जीवन अर्यालले नगरकको विकासका लागि डण्डा करिडोर, बेलहियास्थित सवारीसाधनको पार्किङसहितको व्यावसायिक भवन, रिगंरोड, सडक निर्माणलगायत योजनहरु संचालन गर्न सकिने विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नगरको विकासका लागि एडिबीसगँ भएको छलफल सकारात्मक रह्यो, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भने, 'छिट्टै नै नगरमा पूर्वाधार विकासका योजनाहरु संचालन हुनेछन् ।'

नगरको फोहोरमैला व्यवस्थापनका लागि पनि छलफल भएको छ । विगतमा जग्गा अभावमा योजना संचालन हुन नसकेको र जग्गा प्राप्त भएमा योजना संचालन गर्न सकिने एडीबीको वरिष्ठ शहरी विकास विज्ञ शर्माले बताइन् ।

उनले फोहोरमैला व्यवस्थापनका लागि विगतमा उपलब्ध गराइएको डीपीआरलगायत कागजपत्रहरु अपडेट गरेर पुन: उपलब्ध गराउन नगरपालिकालाई आग्रह गरिन् ।

नगर प्रमुख खानले नगरको विकासका लागि आफ्नो एकल प्रयासले मात्रै नभइ सबै सरोकारवालाहरुको साथ र सहयोग आवश्यक रहेको बताए ।

उनले सबैको सहयोग पाए केही वर्षमै नगर मुलुककै नमूना नगरको रुपमा स्थापति गर्न सकिने बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.