बेलहिया नाकाको सौन्दर्यकरणका लागि सडकमा रहेका संरचना हटाइने

बेलहिया नाकाको सौन्दर्यकरणका लागि सडकमा रहेका संरचना हटाइने

भैरहवा : मुलुकमा पैदलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाका क्षेत्रको सौन्दर्यकरणका लागि कार्य अघि बढाइएको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहिया बजार क्षेत्रको सौन्दर्यकरणका लागि नगरपालिकाद्वारा सडक अतिक्रमण गरी राखिएका टंकी, ठेला गाडा, टहरा लगायत सात दिन भित्र हटाउन सूचना प्रकाशित गरिएको छ।

सूचनामा भनिएको छ- 'बेलहिया बजारलाई सफा बनाउन सडक अधिकार भित्र हाल रहेका सम्पूर्ण टंकी, टहरा, ठेला गाडा लगायतलाई सूचना प्रकाशित भएको सात दिनभित्र हटाउनहुन अन्यथा नियमानुसार हुने व्यहोरा अनुरोध छ।' बेलहियालगायत नगर क्षेत्रको सौन्दर्यकरणका लागि विभिन्न योजनाहरूको निमार्ण र सञ्चालन भइरहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले बताए।

'बेलहियाबाट लाखौं पर्यटक भित्रिन्छन् तर स्थान पर्यटकमैत्री छैन, जसले गर्दा पर्यटकहरूमा नकारात्मक सन्देश गईरहेको छ' नगर प्रमुख खानले भने, 'नगरलाई स्वच्छ, सफा र हरियाली बनाउने कार्यअन्तर्गत प्रकिया अघि बढाइएको हो।' 

सडक क्षेत्रको अतिक्रमण हटाएर विकासका योजनाहरू संचालन गरिने उनको भनाइ छ। बेलहिया स्थित हाल बस स्टेशन रहेको स्थानमा ६ तल्ले अन्डरग्राउन्ड पार्किङ सहितको व्यवसायिक भवन बनाउने नगरपालिकाको योजना छ। जसमा अन्डरग्राउन्ड पार्किङमा सार्वजनिक बस, ट्याक्सीहरू पार्क हुनेछन् भने अन्य तल्लाहरूमा कृषि, रेष्टुरेन्ट लगायत संचालन हुनेछन्। सौन्दर्यकरणका लागि बेलहियामा सरसफाइ समेत थालिएको नगरपालिकाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.