जडिबुटी छैन, पेसा संकटमा

जडिबुटी छैन, पेसा संकटमा

मुगु : कर्णालीका हिमाली जिल्ला र मुख्यगरी तिब्बतसँग सीमा जोडिएका बस्तीमा भोटे जातिको बसोबास छ। हिमाली क्षेत्रमा बसोबास गर्ने यो जातिको मुख्य पेसा तथा सीप भनेकै जंगल र पाटनमा पाइने जडिबुटीको संकलन गर्नु हो। पाटनबाट बहुमुल्य जडिबुटी संकलन गरेर त्यसको बिक्री गर्दै यो समुदायले आफ्नो जीविकोपार्जन गर्दै आएको छ। मुगु र हुम्लामा सिजन अनुसार विभिन्न प्रकारका जडिबुटी पाउँछ। 

त्यसलाई संकलन गरेर भोटे समुदायले चीन र तिब्बतसम्म बिक्री गर्दछन्। पाटनबाट संकलन गरेको जडिबुटी नै भोटेहरूको मुख्य आम्दानी हो। तर पछिल्लो समय जडिबुटीले बजार नपाउँदा उनीहरूको आम्दानी नै गुम्न थालेको छ। पछिल्ला दिनमा चिनले नेपालसँग् जोडिएका सबै नाकामा कडाइ गरेकाले जडिबुटी निर्यात हुन पाएको छैन। बिक्री नै हुन छाडेपछि भोटेहरूको पेशा नै संकटमा पर्न थालेको हो। मुगुको मुगुमकार्मारोङ गाउँपालिका—१ का सोनाम वाग्रीले जडिबुटी बिक्री नहुँदा आफूहरूको आम्दानी नै गुमेको बताए। उनलो भने,‘हाम्रो मुख्य आम्दानीको श्रोत नै जडिबुटी हो, तर मुल्य नपाउँदा हाम्रो पेशा नै संकटमा पर्न थाल्यो।’

पुर्खौंदेखि यहाँका भोटे जातीले पाटनमा पाइने जडिबुटीबाटै जीवन निर्वाह गर्दै आएका थिए। तर पछिल्लो समय जलवायु परिवर्तनका कारण जडिबुटी लोप हुन थालेका छन्। अर्कोतर्फ सामुदायिक वन तथा राष्ट्रिय वन बिचको बिबाद, सरकारी नीति र नियम र जडिबुटी संकलनमा रोक लगाउने काम हुन थालेपछि भोटेहरूको पेशा नै संकटमा पर्न थालेको हो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.