झापा उडेको यती एयरलाइन्सको विमानमा 'गर्ल्याङ' आवाज आएपछि...

झापा उडेको यती एयरलाइन्सको विमानमा 'गर्ल्याङ' आवाज आएपछि...

झापा : झापा उडेको यती एयरलाइन्सको जहाज केही मिनेटमै पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। शनिबार सवा ७ बजे झापाको भद्रपुरका लागि उडेको ९२७ पीएनआर ए४२क्युएलएच नम्बरको फ्लाइट केही मिनेटमै फर्काइएको हो।

उडेको दुई तीन मिनेटमा जहाजमा 'गर्ल्याङ' आवाज आएको यात्रुहरुले बताएका छन्। त्यस्तो आवाज आउनेवितिकै जहाज पिङ खेलेजस्तो भएको एक यात्रुले बताए।

'७ बजे उड्ने भनिएको जहाज सवा ७ बजे उडेको थियो। तर उडेको दुई तीन मिनेटमै गर्ल्याङ आवाज आयो। एकछिन पिङ खेलेजस्तो पनि भयो,' ती यात्रुले अन्नपूर्णसँग भने।

उनका अनुसार त्यसपछि धेरै यात्रुहरुलाई चक्कर आएको थियो। कतिपयले त बान्तासमेत गरेका थिए। 'झट्का लागेपछि धेरैले चिच्याउन थालेका थिए। कतिपयले त भोमिटिङसमेत गरे,' उनले भने। 

जहाजमा बस कुदेको जस्तो आवाज आएको ती यात्रुको दाबी छ। एयर होस्टेजहरुलाई सोध्दा मौसम खराबीका कारण यस्तो भएको जवाफ दिएको उनले बताए।  

जहाज अवतरण भएपछि धेरैले गम्भीर खराबी आएको अड्कलबाजी गरेका थिए। 'अफिसियलहरुले पनि विमानमा खराबी भएको हुनसक्ने कानेखुसी गरिरहेका थिए,' उनले भने। 

यती एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाले मौसम खराबीका कारण प्लेन नउडाएको बताए। ती यात्रुहरुलाई भोलि (आइतबार) १०:१० बजेको टिकट दिइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.