सर्पको टोकाइबाट मृत्यु हुने बढ्दै, केन्द्रमा भेन्टिलेटर नहुँदा समस्या

सर्पको टोकाइबाट मृत्यु हुने बढ्दै, केन्द्रमा भेन्टिलेटर नहुँदा समस्या

बर्दिबास : महोत्तरीको बर्दिबासमा रहेको सर्पदंश उपचार केन्द्रमा दैनिकजसो बिरामी पुग्छन्। यहाँ नेपाली सेनाको प्राविधिक टोलीले सर्पदंश उपचार सेवा दिइरहेका छन्। तर, १५ दिनमै सर्पको टोकाइबाट स्थानीय युवराज श्रेष्ठ र इन्दु खनालको मृत्यु भएपछि स्थानीय चिन्तित छन्। 

बर्दिबास विशालु सर्पको राजधानीको रूपमा चिनिन्छ। केन्द्रमा भेन्टिलेटरसहितको उपचार सेवा नभएकाले सर्पको टोकाइबाट अकालमै ज्यान जान थालेकोले चिन्तित बनाएको बर्दिबास नरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले बताए। 

'बीस वर्ष अघि सर्पले टोक्दा ज्यान गयो भन्ने हुन्थ्यो। किन भने सर्लाहीको गैयरमा उपचारका लागि जानुपर्थ्यो। पछि बर्दिबासमा उपचार सेवा उपलब्ध भयो। तर, भेन्टिलेटर नभएर सेवा प्रवाहमा समस्या छ', मेयर क्षेत्रीले भने, 'हामीसँग ३ वटा भेन्टिलेटर छ। संघसंस्थाले चलाउन चाहे नगरसँग सम्पर्क राख्नुहोस्।' 

केन्द्रको ८औं वार्षिक साधारण सभामा बोल्दै मेयर क्षेत्रीले उपचार केन्द्रलाई भौतिक पूर्वाधार, उपकरण, औषधी सबै दिएर सुविधासम्पन्न बनाउने प्रतिवद्धता जाहेर गरे।

बर्दिबास सरकारी अस्पताल वा सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर सञ्चालनका लागि नेपाली सेनासँग समन्व भइरहेको मेयर क्षेत्रीले बताए। बर्दिबास अस्पताललाई सुविधा सम्पन्न बनाउन धुलिखेल अस्पतालसँग सम्झौता गरेर जनशक्ति सहितको भेन्टिलेटर सेवा सञ्चालनका लागि छलफल अघि बढाईएको उनले बताए।

'भेन्टिलेटर नभएर विश्वास मर्दै गएको छ। सर्पदंशले मृत्यु हुन्छ भन्ने डर बढ्दो छ। हामी सबैले प्रयास गरेर उपचार सेवा प्रभावकारी बनाउँछौं। सर्पको टोकाइबाट जाने गरेको प्राणलाई बचाउँछौं', मेयर क्षेत्रीले भने। 

व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद देवकोटाका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा सर्पको टोकाइसहित अन्य १ हजार ३७ जनाको उपचार सेवा प्रदान गरेको छ। 

सर्पदंश उपचार केन्द्रलाई गौरीबास काठमाडौं समाजले १० लाख बराबरको एम्बुलेन्स प्रदान गरेको छ। उपचार सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्स प्रदान गरिएको समाजका सल्लाहकार उमेश बख्रेलले बताए। सर्पदंश उपचार केन्द्रलाई सहयोग गर्ने व्यक्ति, संघसंस्थालाई वार्षिक साधारण सभामा सम्मान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.