बर्दिबास अस्पतालमा भेन्टिलेटर सहितको सेवा सुचारु गरिँदै

बर्दिबास अस्पतालमा भेन्टिलेटर सहितको सेवा सुचारु गरिँदै

बर्दिबास : एक साताभित्र बर्दिबास सरकारी अस्पतालमा आइसीयुसहितको भेन्टिलेटर सेवा सञ्चालन हुने भएको छ। भेन्टिलेटरको अभावमा एक सतामै सर्पको टोकाईबाट दुई जनाको ज्यान गएपछि स्थानीयहरु चिन्तित भएका थिए।

पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेलको विशेष पहलमा बर्दिबास नगरपालिका मेयर प्रह्लाद कुमार क्षेत्रीले बर्दिसबास सरकारीलाई व्यवस्थित बनाउन लागेका छन्। बर्दिबास अस्पताल सञ्चालनका लागि बर्दिबास नगरपालिका र धुलिखेल अस्पतालबीच दुई पक्षीय सम्झौता भएको छ।

स्वास्थ्य सेवा, शिक्षा, अनुसन्धानको विकास, विस्तार र सञ्चालनका लागि १० बुँदे सम्झौता भएको हो। सम्झौतासँगै बर्दिबास अस्पतालमा थन्किएको तीन सेट भेन्टिलेटर प्रयोगमा आउने छ। यो सम्झौता पाँच वर्षका लागि गरिएको हो।

बर्दिबास नगरपालिकाका मेयर क्षेत्री र धुलिखेल अस्पतालका सामुदायिक कार्यक्रमका निर्देशक डाक्टर  विराज कर्माचार्यले दुई पक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्। पूर्व शिक्षामन्त्री पोखरेलको लगातार ३ वर्षको प्रयत्नले बर्दिबास अस्पताललाई सुविधासम्पन्न तथा गुणस्तरीय सेवा सञ्चालनका लागि धुलिखेल अस्पतालसँग सम्झौता भएको हो।

‘एक हप्ताभित्र जनशक्ति सहितको भेन्टिलेटर सेवा बर्दिबास सरकारी अस्पतालले प्रदान गर्छ,’ पूर्वमन्त्री पोखरेलले भने। यता मेयर क्षेत्रीले धुलिखेल अस्पतालले आइसीयुसहितको भेन्टिलेटर सेवा प्रदान गर्दा आवश्यक पर्ने सबै खाले सहयोग गरिने बताए।

धुलिखेल अस्पतालले सामुदायिक अस्पतालहरूमा छुट्टै छाप छोडेको छ। दुई पक्षीय सहमतिले चाँडै बर्दिबास अस्पतालमा आइसीयु सञ्चालनमा आउन सम्झौतामा उल्लेख छ। त्यसका लागि प्रविधिक सहयोग धुलिखेल अस्पतालको टिमले उपलब्ध गराउने छ।

‘म मन्त्री भएलगत्तै करिब ३ वर्षअघि देखि गरेको प्रयत्नले आज सार्थकता पाएको छ,’ महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पोखरेलले समाजिक सञ्जालमा उल्लेख गरेका छन्, ‘यो कार्यक्रम र सहकार्यलाई अगाडि बढाउन तत्कालीन मेयर विदुर कार्कीले लिएको अग्रसरतालाई पनि स्मरण गर्न चाहन्छु।’

सम्झौता यसरी भयो

कोरोना महामारीबीच बर्दिबास वडा नम्बर १४ वटा अस्पताल सारेर बर्दिबास २ स्थित नवनिर्मित भवनबाट सेवा सुचारु गरिएको थियो। पूर्व मेयर विदुरकुमार कार्कीले पूर्व मन्त्रि पोखरेलको पहलमा बर्दिबास सरकारी अस्पतालमा ५ वेडको आइसीयु सहितको भेन्टिलेटर सेवा, बर्दिबास सरकारी अस्पतालका डाक्टर, नर्स, अनमी लगायतलाई तालिम, जनशक्ति व्यवस्थान, अस्पताल व्यवस्थान, बर्दिबासबाट रेफर गरेका विरामीको उपचारका लागि धुलिखेल अस्पतालसंग सम्झौता गर्न काम थालेका थिए। तर, कोरोना महामारीले काम प्रभावित बन्यो। चुनाव आयो। त्यसपछि अहिले आएर बर्दिबास नगरपालिकाले धुलिखेल अस्पतालसँगको सम्झौता सफल भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.