जनशक्ति अभावले भेन्टिलेटर प्रयोगविहीन

जनशक्ति अभावले भेन्टिलेटर प्रयोगविहीन

धनकुटा : जनशक्ति अभावले जिल्ला अस्पताल धनकुटामा स्थापना गरिएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आईसीयू) अहिलेसम्म प्रयोगमा आउन सकेको छैन। कोरोना महामारीका बेला गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै उपचारको व्यवस्था मिलाउन प्रदेश १ सरकारको २ करोड रुपैयाँको आर्थिक सहयोगमा भेन्टिलेटरसहित १० बेड क्षमताको आईसीयू कक्ष स्थापना गरिएको थियो। 

करोडौं रुपैयाँ खर्चेर जडान गरिएका ती महŒवपूर्ण उपकरण अहिले दक्ष जनशक्ति अभावकै कारण प्रयोगविहीन अवस्थामा पुगेको जिल्ला अस्पताल धनकुटाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मनिषप्रसाद शाहले बताए। ‘सञ्चालन नहुनुको मुख्य कारण जनशक्ति अभाव नै हो’, उनले भने, ‘विशेषज्ञसहितको जनशक्ति उपलब्ध भएमा तत्काल सञ्चालन गर्न सकिन्छ।’ 

अस्पताल भवन परिसरको माथिल्लो तलामा आईसीयू कक्ष निर्माण गरिएको थियो। कक्षभित्रका १० बेडमध्ये ४ वटामा भेन्टिलेटर जडान गरिएको छ। बाँकी ६ बेड नर्मल छन्। आईसीयू कक्षभित्रका उपकरण अलपत्र छन्। प्रयोगविहीन बनेका मेसिनहरू कपडाले बेरेर राखिएको छ। जनशक्ति अभावकै कारण सञ्चालन नहुँदा बिरामीहरू धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालसम्म धाउनुपर्ने बाध्यता छ।

 भेन्टिलेटरसहितको आईसीयू कक्ष सञ्चालन हुँदा गम्भीर प्रकृतिका बिरामीले सहजै उपचार पाउन सक्थे। जसबाट धनकुटा मात्र नभई अन्य जिल्लाका स्थानीयसमेत लाभान्वित हुन सक्छन्। आईसीयू भेन्टिलेटरसहितको कक्ष सञ्चालनमा ल्याउन नसकिए खिया परेर जाने काम नलाग्ने अवस्थासमेत हुने अस्पताल विकास समितिका पूर्वअध्यक्ष सुनीलकुमार डंगोलको भनाइ छ। उनका अनुसार प्रदेश सरकारले यसमा ध्यान दिएर सञ्चालन गर्नुपर्ने र यदि भएन भने तत्काल जिल्लाका सातवटै स्थानीय तहहरूको सहयोगबाट सञ्चालन गरिनुपर्छ। 

यता जिल्ला समन्वय समिति धनकुटाका प्रमुखसमेत रहेका धनकुटा अस्पताल विकास समितिका अध्यक्ष निरेन तामाङले प्रदेश सरकारको सम्बन्धित मन्त्रालयसँग जनशक्ति व्यवस्थापनबारे छलफल भइरहेको बताए। सरकारको करोडौं रूपमा लगानीमा उपकरण जडान भएका छन्। जडानलगत्तै सञ्चालन हुनुपर्ने आईसीयू कक्ष एक वर्ष बित्दासमेत सञ्चालनमा नआउनु आफैंमा दुखद् हो। आगामी भदौ १७ गते जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभाका सदस्यसँग आइसीयू कक्षबारे छलफल कार्यक्रम राखिएको अध्यक्ष तामाङले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.