नदीजन्य पदार्थ उत्खनन् गरी ओसारपसार गर्ने सवारीसाधन नियन्त्रणमा

नदीजन्य पदार्थ उत्खनन् गरी ओसारपसार गर्ने सवारीसाधन नियन्त्रणमा

झापा : झापामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरी ओसारपसारमा गर्ने ६ वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरीले अर्जुनधारा नगरपालिका-१ स्थित विरिङ नदीबाट अवैध रूपमा नदीजन्य सामग्री उत्खनन गरी ओसारपसार गर्ने दुई वटा टिपर र चार वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। 

विरिङ नदीमा बालुवा उत्खनन गरिरहेको अवस्थामा मे १ त ६३४०, प्रदेश-१-०१-००१ त ८२३९, को १ त ६४४ र मे १ त ५१३६ नम्बरको ट्याक्टर तथा प्रदेश-१-०१-००१ क ११२४ र वाग्मती प्रदेश-१-०६ ख ३६४७ नम्बरको टिपरलाई नियन्त्रणमा लिएको पाठकले बताए। 

अर्जुनधारा-१ बाट ट्याक्टरहरूले तथा अर्जुनधारा-८ स्थित विरिङ नदीबाट टिपरहरूले नदीजन्य सामग्री ढुवानी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ। 

नियन्त्रणमा लिइएका टिपर र ट्याक्टरहरू प्रहरीले अर्जुनधारा नगरपालिकामा बुझाएको छ। 

सरकारले असारदेखि भदौ मसान्तसम्म कुनै पनि नदी तथा खोलामा बालुवा, गिट्टी र ढुङ्गा उत्खनन गर्न प्रतिबन्ध लगाएको छ। तर पनि नदीजन्य पदार्थ चोरी निकासीको माध्यमबाट उत्खनन भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.