वीरगन्ज भन्सार : पहिलो महिनामा लक्ष्यभन्दा कम राजस्व

वीरगन्ज भन्सार : पहिलो महिनामा लक्ष्यभन्दा कम राजस्व

वीरगन्ज : मुलुकको प्रमुख नाकामा रहेको वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ। 

चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना साउनमै कार्यालयले लक्ष्यभन्दा २ अर्ब २१ करोड ८ लाख ३२ हजार रुपैयाँ कम राजस्व संकलन गरेको हो। 

कार्यालयले लक्ष्यको ८५.५ प्रतिशत मात्र राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए। 

भन्सार विभागले साउनमा वीरगन्ज भन्सारलाइ १५ अर्ब २० करोड ७ लाख ५५ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो। तर उसले लक्ष्यभन्दा १४.५ प्रतिशत कम अर्थात १२ अर्ब ९८ करोड ९९ लाख २३ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको हो। 

साउन महिनामा वीरगन्ज भन्सारले भन्सार महशुल तर्फ लक्ष्यको ६७ प्रतिशत, अन्तशुल्क तर्फ लक्ष्यको ८९ प्रतिशत, मुल्य अभिवृद्धि करतर्फ लक्ष्यको १ सय १२ प्रतिशत र अग्रिम आयकरतर्फ लक्ष्यको ७८ प्रतिशत मात्र राजस्व असुली गर्न सकेको पौडेलले जानकारी दिए। 

बढी राजस्व असुली हुने मालसामानको पैठारी कम हुँदा त्यसको प्रत्यक्ष नकरात्मक असर राजस्व असुलीमा परेको प्रमुख भन्सार अधिकृत पौडेलले बताए। 

उनले भने, 'अहिले बजारमा पैसाको अभाव छ, बजार चलायमान छैन, त्यो कारण बढी राजस्व उठ्ने मालवस्तुको आयात नै कम भएको छ, मालवस्तुको आयात कम भएपछि राजस्व संकलनमा असर पर्ने नै भयो। 

यसका साथै भन्सारको यार्डमा अहिले १६ सय भन्दा बढि नयाँ गाडी भन्सार जाँचपास हुन नसकेर थन्किएको उनले बताए। 
पौडेलले भने, 'झण्डै ७ अर्ब रुपैयाँ बराबरको गाडी भन्सारमा थन्किएर बसेका छन्, भन्सार छुटाउनका लागि आयातकर्तासँग पैसा नभएर ती गाडीको जाँचपास हुन सकेको छैन, यसले पनि राजस्व संकलनमा ठूलो असर पारेको हो। 

यसका साथै सरकारले ड्राइ फुड, प्लाष्टिक जन्य खेलौना आदि मालवस्तुको आयातमा लगाएको प्रतिबन्धले पनि राजस्व असुली कम भएको उनले बताए।  

आर्थिक वर्ष २०७२/७३ देखि लगातार राजस्व संकलनको लक्ष्य पूरा गर्न असफल हुँदै आएको भन्सारले गत आर्थिक वर्ष २०७८/७९ मा भने वार्षिक लक्ष्यभन्दा बढी नै राजस्व संकलन गरेको थियो। 

वीरगन्ज भन्सारले गत आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा शून्य दशमलव ५४ प्रतिशत बढी अर्थात भन्सार विभागले दिएको लक्ष्यभन्दा १ अर्ब ९ करोड ५३ लाख २२ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको थियो।

गत आर्थिक वर्ष २०७८/७९ का लागि भन्सार विभागले वीरगन्ज भन्सारलाई २ खर्ब ३ अर्ब २ करोड ५० लाख ३७ हजार रुपैयाँको लक्ष्य दिएको थियो। 

वीरगन्ज भन्सारले भने २ खर्ब ४ अर्ब १२ करोड ३ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.