महाभियोग समितिले जबरालाई सोधपुछका लागि १५ भदौमा बोलाउने

महाभियोग समितिले जबरालाई सोधपुछका लागि १५ भदौमा बोलाउने

काठमाडौं : प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सोधपुछका लागि बोलाउने भएको छ। समितिले  १५ भदौमा जबरालाई बोलाउन लागेको हो ।

महाभियोगका विषयमा आफ्ना धारणा राख्न जबरालाई बोलाउने निर्णय भएको समिति ज्येष्ठ सदस्य रामबहादुर विष्टले अन्नपूर्णलाई जानकारी दिए । उनले भने, भोलि (बिहीबार) जबरालाई बोलाउने भनेर पत्र काट्छौं । र, उहाँसँग सोधपुछ हुन्छ ।'

गत फागुन १ गते सत्ता रुढ दलका सांसदहरुले जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए। 

कांग्रेसका तर्फबाट तत्कालीन सचेतक पुष्प भुसाल ,माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ,  नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराज श्रेष्ठ प्रस्तावकसहित तीन दलका ९५ सांसदको समर्थनमा  संसदमा महाभियोग प्रस्ताव दर्ता गरिएको थियो। महाअभियोग दर्ता भएसँगै जबरा निलम्बनमा परेका थिए।

संसदले प्रधानन्यायाधीश जबरामाथि लगाइएको महाभियोगमाथि छानबिन गर्न फागुन २२ मा महाभियोग सिफारिस समिति गठन गरेको थियो। समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा,  यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन्। समितिमा जेष्ठ सदस्य रामबहादुर विष्ट रहेका छन्।

भ्रष्टाचार गरेको, न्यायिक नेतृत्वमा अक्षम/असफल भएको, संवैधानिक नियुक्ति र मन्त्रिमण्डलमा भागबन्डा गरेको, पेसी सूची (कजलिस्ट)मार्फत मुद्दा सेटिङ, आफूअनुकूल फैसलाका लागि रोजाइको इजलास निर्धारण, बिचौलियासँग साँठगाँठ, शक्ति पृथकीकरणको सिद्धान्तलाई निस्तेज, न्यायाधीशबीच गुटबन्दी र न्यायमा बिचलन ल्याउने काम गरेको आरोप प्रधानन्यायाधीश जबरामाथि लगाइएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.