गठबन्धनमाथि भरोसा गर्दा स्थानीय तह निर्वाचनमा यथार्थ जनमत प्रकट गर्न सकिएन : झलनाथ खनाल

गठबन्धनमाथि भरोसा गर्दा स्थानीय तह निर्वाचनमा यथार्थ जनमत प्रकट गर्न सकिएन : झलनाथ खनाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमाथि भरोसा गर्दा सोचेजस्तो विजयी हाँसिल गर्न नसकेको बताएका छन्।

बिहीबार नेकपा एकीकृत समाजवादी,पार्टी पुनर्गठन दिवसको अवसरमा बोल्दै सम्मानीत नेता खनालले स्थानीय तह निर्वाचनमा पार्टीले आफ्नो स्‍वतन्त्र नीति लिएर अगाडि बढ्न नसक्दा सोचेजस्तो विजयी हाँसल गर्न नसकेको बताएका हुन्।

गठबन्धनको भरोसा गरेर अगाडि बढ्न खोज्दा पार्टीको विकास,विस्तार विजयीमा नकारात्मक असर परेको उनको भनाइ छ।

उनले भने,' स्थानीय तहको निर्वाचनमा पार्टीले आफ्नो स्वतन्त्र नीति लिएर अगाडि बढ्न नसक्दा तर गठबन्धनमाथि भरोसा गरेर अगाडि बढ्न खोज्दा पार्टीको विकास विस्तार र विजयीमा नकारात्मक असर पर्यो।'

उनले गठबन्धनकै कारणले निर्वाचनमा आफ्नो यथार्थ जनमत प्रकट गर्न नसकेको  बताए। उनले भने, ' गठबन्धनकै कारण नेकपा समाजवादीले आफ्नो यथार्थ जनमत प्रकट गर्न सकेन। नेकपा समाजवादीजस्ता उदयमान क्रान्तिकारी पार्टीले अत्यन्तै होसियार हुनुपर्छ।'

नेता खनालले जनताको इच्छा, आकांक्ष ,भावना र चाहनाअनुसार काम गर्न सकिएन भने पार्टीको विकास अग्रतिर बढ्न नसक्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.