निर्वाचनमा होमिन कार्यकर्तालाई माधव नेपालको निर्देशन
काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएका छन्।
पार्टी गठनको एक वर्ष पुगेको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी प्रचार, निर्वाचन चिन्ह र मतदाता शिक्षालाई प्रभावकारी बनाउन कार्यकर्तालाई जनताको घरदैलोमा जान आग्रह गरेका हुन्।
'पार्टीको प्रचार गर्ने अभियानमा , निर्वाचन चिन्हको प्रचार गर्ने काममा र मतदाताहरुलाई प्रशिक्षित गर्ने काममा जुट्नुपर्ने आवश्यकता छ। यो कुरा तपाईंहरु सबैले ध्यानमा राख्नुहोला।'
दक्षिणपन्थी भासबाट क्रान्तिकारी पार्टीको रुपमा रुपान्तरण गर्न समाजवादी गठन गरिएको उनको भनाइ छ।
उनले जुन पार्टीले आफ्ना कमिकमजोरीको मूल्यांकन गर्न सक्दैन त्यो पार्टी कहिल्यै अगाडि बढ्न नसक्ने बताए।
प्रत्येक जिल्लामा कमिटी बनाउनुपर्ने र कमिटीले प्रभावकारी गतिविधि गर्नुपर्ने उनले भनाइ छ।
प्रतिक्रिया दिनुहोस !