सेवाग्राहीलाई निःशुल्क फोटोकपी
नुवाकोट : सर्वसाधारणको सुविधाका लागि नुवाकोटको तारकेश्वर गाउँपालिकाले सेवाग्राहीहरूलाई निःशुल्क फोटोकपीको सुविधा दिन सुरु गरेको छ।
कार्यालयमा काम लिएर आएका सेवाग्राहीका लागि गाउँपालिकाभित्र निःशुल्क फोटोकपी गर्ने व्यवस्था मिलाएको छ।
तारकेश्वर गाउँपालिकाले पालिकाको कार्यालय, विषयगत कार्यालय र सम्पूर्ण वडा कार्यालयहरूको प्रयोजनका लागि निःशुल्क फोटोकपी गर्ने व्यवस्था मिलाइएको अध्यक्ष शिव अधिकारी अविरलको भनाइ छ।
यसअघि गाउँपालिकाले पालिकामा नै हेल्थ डेस्क स्थापना गरी सेवा प्रवाह गरेको थियो।
प्रतिक्रिया दिनुहोस !