विद्यालयमा मोबाइल निषेध
गुल्मी : गुल्मीको छत्रकोट गाउँपालिकाले गाउँपालिकाभित्र रहेका विद्यालयहरूमा मोबाइल सञ्चालन निषेध गर्ने निर्णय गरेको छ।
यही भदौ ९ गते बसेको गाउँ शिक्षा समितिको बैठकले मोबाइल सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
विद्यार्थीहरूले विद्यालय हाताभित्र र शिक्षकहरूले कक्षाकोठाभित्र मोबाइल लैजान पूर्ण निषेध गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले जानकारी दिए।
गाउँपालिकाभित्र विभिन्न तहका ३७ विद्यालय सञ्चालनमा छन्। शैक्षिक क्षेत्रमा सुधार ल्याउनका लागि मोबाइल निषेध गरिएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !