भासिएको पाल्पा बुटवल सडक शुक्रबार साँझबाट सञ्चालन हुने

भासिएको पाल्पा बुटवल सडक शुक्रबार साँझबाट सञ्चालन हुने

तानसेन  : सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्ड भासिएको छ। पाल्पा बुटवल सडकको तिनाउ गाउँपालिका-५, हिउँदे खोला क्षेत्रमा सडक भासिएको हो। 

दुई दिनसम्म परेको अविरल वर्षाका कारण  ४० मिटर सडकको अधिकांश भाग भासिएको छ। बिहीबार बिहान केही समय अवरुद्ध भएको सडक केही मर्मतपछि सवारी साधन सञ्चालन भएको थियो। तर दिउँसो ३ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ। 

भासिएको सडक क्षेत्रमा अहिले केही सानो बाटो बनाई हलुका सवारी साधन जीप, कार, मोटरसाइकललाई आवतजावत गराएको छ। ठुला सवारी साधन भने भित्ताबाट डाइभर्सन गर्ने र ठुलो बाटो निर्माण गरेर सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख प्रदीपमणी निरौलाले जानकारी दिए। 

    
ससाना सवारी साधन पास गराएपछि बेलुकादेखि बाटो पूर्ण रूपमा बन्द गरिने छ। तीनवटा मेशिन परिचालन गरी रातभरि काम गर्ने र पानी नपरेमा भोलि दिउँसोसम्म अवरुद्ध सडक सञ्चालन गर्न सकिने कार्यालयका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले जानकारी दिए। 

सडक पुर्ण रूपमा सञ्चालन नहुँदासम्म तानसेन बुटवल सडकमा यात्रा नगर्न सर्वसाधारणलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुरोध गरेको छ। 

हिउँदे खोला क्षेत्रमा सयौं सवारी साधन अलपत्र परेका छन। यो राजमार्गमा पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बाग्लुङ, कास्की, पर्वत क्षेत्रका यातायात सञ्चालन हुँदै आएको छ। 

हिउँदेखोलाको क्षेत्रमा चुनढुंगा खानी सञ्चालनमा रहेको र यस सडक खण्ड हुँदै अत्यधिक भार भएका सवारी साधन सञ्चालन हुँदा सडक भासिने गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.