पहिरोले भासियो सडक

पहिरोले भासियो सडक

तानसेन/बेंसीसहर : सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोला क्षेत्रमा पाल्पा–बुटवल सडक भासिएको छ। दुई दिनसम्म अविरल वर्षाका कारण ४० मिटर सडकको अधिकांश भाग क्षतिग्रस्त भएको छ। 

बिहीबार बिहान केही समय यातायात अवरुद्ध हुँदा मर्मतपछि सवारीसाधन सञ्चालन गरिएको थियो। तर, दिउँसो ३ बजेदेखि सडक अवरुद्ध बनेको छ। केही सानो बाटो बनाइ हलुका सवारीसाधन जिप, कार, मोटरसाइकललाई आवतजावत गराइएको सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख प्रदीपमणि निरौलाले बताए।  

उनका अनुसार स–साना सवारीसाधन पास गराएपछि बाटो बन्द गरी ३ वटा मेसिन परिचालन गरी मर्मत थालिएको छ। सडक शुक्रबार दिउँसोसम्ममा खुल्न सक्ने सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले बताए। कार्यालय पाल्पाले अनुरोध गरेको छ। 

पहिरोले बेंसीसहर–चामे सडक क्षतविक्षत मनाङ सदरमुकाम चामे जोड्ने एक मात्र बेंसीसहर–चामे सडक बाढी पहिरोले क्षतविक्षत बनाएको छ। लगातार परिरहेको वर्षाले बेंसीसहर–चामे सडकअन्र्तगत बेसीसहर नगरपालिका–६ खरखरे र दलदलेमा करिब एक किलोमिटर सडकमा पहिरो गएको छ। सो क्षेत्रमा भासिएको सडक मर्मत र आएको पहिरो हटाउन नसक्दा गत जेठदेखि सडक अवरुद्ध छ।

लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने एक मात्र यो सडक अवरुद्ध हुँदा सिंगो मस्र्याङ्दी गाउँपालिका र मनाङबासी समस्यामा परेका बेंसीसहर चामे सडक सरोकार समितिका संयोजक सूर्यप्रकाश कतिलाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.