कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १४ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १४ वर्षपछि पक्राउ

झापा : कर्तव्य ज्यान मुद्दामा अदालतले जन्मकैद फैसला सुनाएका एक अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका- ८ निवासी ३७ वर्षीय दिप्सन लावती रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।  

प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले लावतीलाई बिहीबार सुरुंगाबाट पक्राउ गरेको हो। 

लावतीलाई झापा जिल्ला अदालतको २०६३ असोज ३ गतेको फैसला पुनरावेदन परी तत्कालीन पुनरावेदन अदालतबाट मिति २०६५ बैशाख १७ गते जन्मकैद हुने गरी फैसला भएको थियो। 

सो फैसला उपरसमेत पुनरावेदन परी सर्वोच्च अदालतबाट २०६५ फागुन २३ गते पुनरावेदन अदालतबाट भएको फैसला सदर भई जन्मकैद ठहर भएको थियो। 

पक्राउ परेका लावती एक वर्ष ७ महिना २४ दिन थुनामा बसिसकेको र १८ वर्ष ४ महिना ६ दिन कैद भुक्तान गर्न बाँकी छ।

अदालतको आदेशबमोजिम उनलाई कैद भुक्तानका लागि झापा कारागार भद्रपुर पठाइएको प्रहरी कार्यालय झापाले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.