आगामी निर्वाचनका लागि १० हजार ८८८ मतदान स्थल कायम, पुनरावलोकनमा ४०१ स्थल हटाइयो

आगामी निर्वाचनका लागि १० हजार ८८८ मतदान स्थल कायम, पुनरावलोकनमा ४०१ स्थल हटाइयो

काठमाडौं : निर्वाचन आयोगले मतदान स्थलको टुंगो लगाएको छ। मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनका लागि देशभरि १० हजार ८८८ मतदानस्थलको कायम गरिने आयोगले टुंगो लगाएको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

उनका अनुसार स्थानीय तह निर्वाचनभन्दा १३२ वटा मतदानस्थल थप गरिएको हो। आयोगले कार्यविधिमा भएको व्यवस्था बमोजि गत साउन १ गतेदेखि मतदान स्थल पुनरावलोकन कार्यक्रम सञ्चालन गरेको थियो। जसमा मतदाताको सघनता, मतदान स्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत, यातायात लगायतका पूर्वाधारको अवस्था, सुरक्षा एवं भौगोलिक अवस्था र निर्वाचनका सरोकारवालाहरूको सहमति समेतका आधारमा जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले गरेको सिफारिस बमोजिम मतदान स्थल पुनरावलोकन गरिएको सहप्रवक्ता अर्यालले जानकार दिए।

मतदान स्थल पुनरावलोकन हुँदा १ हजार १२३ मतदान स्थलको त्रुटि सच्याइएको, साविकका ३६५ मतदान स्थलबाट सबै मतदाता स्थानान्तरण गरी ३६४ मतदान स्थल निर्धारण गरिएको, १६३ मतदान स्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी १६९ मतदान स्थल निर्धारण गरिएको साथै २८ वटा मतदान स्थलका सबै मतदातालाई २८ वटै मतदान स्थलमा र १५ मतदान स्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ वटा मतदान स्थलमा गाभिएको आयोगले जनाएको।

त्यस्तै मतदान स्थल पुनरावलोकन गर्दा देशभरका ४०१ मतदान स्थललाई हटाई नयाँ मतदान स्थल निर्धारण गरिएको छ। मतदान स्थल पुनरावलोकन भए पश्चात् स्थानीय तहको निर्वाचन, २०७९ को समयमा मतदान गर्नका लागि बास बस्नुपर्ने, निकै टाढा टाढासम्म हिंड्नुपर्ने लगायतको गुनासो समेत सम्बोधन भई मतदातालाई मतदान स्थलसम्मको पहुँच सहज भई निर्वाचनमा मतदाताको सहभागिता अझ बढ्ने अपेक्षा आयोगको रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.