शीर्ष नेता को कहाँबाट सिफारिस ?

शीर्ष नेता को कहाँबाट सिफारिस ?

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि गृहजिल्ला डडेलधुराबाट एकल उम्मेदवारका रूपमा सिफारिस भएका छन्। यता प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि झापा क्षेत्र नम्बर ५ बाट  सिफारिस भए। 

देउवा र ओली एकै ठाउँबाट मात्रै एकल सिफारिस भएका छन् भने  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने धेरै ठाउँबाट सिफारिसमा परेका छन्।प्रचण्ड चितवन ३ र गोरखा २ बाट सिफरिसमा परेका छन्। नेपाल रौटहतको क्षेत्र नम्बर १ र ४ बाट सिफारिस भएका छन्। यादव त ६ ठाउँबाट सिफारिस भएका छन्। 

कांग्रेस डडेलधुराले प्रदेश ‘क’ र ‘ख’ क्षेत्रीय समितिले शेरबहादुर देउवालाई सर्वसम्मत रूपमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो। प्रतिनिधिसभातर्फ डडेलधुरामा एउटा मात्रै निर्वाचन क्षेत्र छ।  कांग्रेसका सभापति समेत रहेका देउवा २०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आएका छन्।

झापा क्षेत्र नम्बर ३ समितिको बैठकले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ पूर्व महामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौलाको नाम सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय सभापति गणेश पोखरेलले जानकारी दिए। नेता सिटौला ७ औं पटक यस क्षेत्रबाट उठ्न लागेका हुन्। 

झापा क्षेत्र नम्बर १ बाट  प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नाम सर्वसम्मत सिफारिस भएको छ। क्षेत्र नम्बर १ को बैठकले शर्माको नाम सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले बताए। शर्मा यसअघि झापा क्षेत्र नम्बर १ बाटै २०७० र २०७४ मा पनि प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धी थिए। 

धेरै स्थानबाट सिफारिस भएकाहरू 

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नाम सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट  र बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएको छ। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको नाम पनि अहिलेसम्म पाँच क्षेत्रबाट सिफारिस भएको छ।

राणा बाग्लुङ क्षेत्र नम्बर २ मा पनि सिफारिसमा परेकी छन्। राणासहित १० जनाको नाम प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको हो। त्यसैगरि उनी कैलाली– क्षेत्र नम्बर ५, बर्दिया क्षेत्र नम्बर २ र बाँके– क्षेत्र नम्बर ३ बाट प्रत्यक्षमा लड्न सक्ने गरी उम्मेदवार सिफारिस भएकी छन्। 

कैलाली– ५ बाट राणाको नाम एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ भने बाँकेको क्षेत्र नम्बर ३ बाट उनीसहित उपसभापति पूर्णबहादुर खड्का र सहमहामन्त्री किशोरसिंह राठौरको नाम पनि सिफारिस गरिएको छ। राणा २०७० सालको चुनावमा डडेल्धुराबाट समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेकी थिइन्। राणा ०७४ को निर्वाचनमा पनि क्षेत्र नम्बर ५ बाटै उम्मेदवार थिइन्। कांग्रेस महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र काठमाडौं ४ हो। सोही निर्वाचन क्षेत्रबाट उनी दुई दुईपटक सांसद भइसकेका छन्। थापा पनि ३ ठाउँमा सिफारीसमा परेका छन्। सर्लाही क्षेत्र नम्बर ४ बाट कांग्रेसले पनि गगन थापालाई उम्मेदवार सिफारिस गरेको छ। 

ओली सर्वसम्मत

एमालेका अध्यक्ष ओली झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत  सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झापा–५ का एमाले इन्चार्ज होम थापाले बताए। ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै  प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। 

एमालेका उपाध्यक्ष  सुवासचन्द्र नेम्बाङ इलाम २, उपाध्यक्ष विष्णु पौडेल रूपन्देही २, उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन १ बाट सिफारिस भएका छन्। महासचिव शंकर पोखरेल दाङ २ बाट सर्वसम्मत सिफारिस भएका छन्। उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी १ बाट सिफारिस भएका छन्। उपमहासचिव पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभा भन्दा प्रदेशसभा रोजेका छन्। उनी लम्जुङको प्रदेश ख बाट सिफारिस भएका छन्। एमालेका प्रचार विभाग प्रमुख समेत रहेका गुरुङ गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पनि हुन्।

सचिव लेखराज भट्ट कैलाली ४, टोपबहादुर रायमाझी अर्घाखाची, गोकर्ण विष्ट गुल्मी २ बाट सिफारिस भएका छन् भने सचिव रघुविर महासेठको धनुषा ४, छविलाल विश्वकर्माको रूपन्देही  १ सिफारिस भएको छ।  अछाम १ बाट एमाले नेता डा. भीमबहादुर रावलको नाम प्रतिनिधिसभा प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस भएको छ। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको नाम रौतहटका २ वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ। पूर्व प्रधानमन्त्री नेपालको नाम आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागी क्षेत्र नम्बर १ र ४ बाट सिफारिस भएको हो। 

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष  दाहालको नाम चितवनको क्षेत्र नम्बर ३ बाट सिफारिस भएको छ। त्यसैगरि गोरखा क्षेत्र नम्बर २ बाट पनि उनको नाम सिफारिस गरिएको माओवादी पार्टी कार्यालयले जनाएको छ। पार्टीको जिल्ला समन्वय समितिले अध्यक्ष  दाहालको नाम क्षेत्र नं. १ बाट सिफारिस गरेको छ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्‍यक्ष महन्थ ठाकुर बारा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका उम्‍मेदवारमा सिफारिस भएका छन्। सोमबार बसेको क्षेत्रीय बैठकले पार्टी अध्यक्ष ठाकुर सहित ४ जनाको नाम सिफारिस गरेको हो। धनुषा प्रतिनिधिसभा निर्वाचनका क्षेत्र ३ बाट लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट राजेन्द्र महतोको नाम सिफारिस भएको छ। 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम तराईका  पाँच जिल्लाबाट सिफारिस भएको छ। धनुषा, सप्तरी, सिरहा, बारा र मोरङका ६ निर्वाचन क्षेत्रबाट  प्रतिनिधिसभाको चुनावको पार्टीको तल्लो कमिटिले सिफारिस गरेको छ।

जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार  सिफारिस भएका छन्। धनुषाको क्षेत्र नम्बर ३, बारा निर्वाचन क्षेत्र नम्बर २ र ३, सिरहा क्षेत्र नम्बर १ र २ बाट जुपा अध्यक्ष नाम केन्द्रमा पठाइएको छ। स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीको प्रतिनिधिसभा र प्रदेश सभामा दुबैमा सिफारिस भएको छ। 

स्थायीसमिति सदस्य एवं पुराना नेता गुरु बराल पनि प्रदेश सभामा सिफारिस भएका छन्। उनी मोरङ ६ कबाट सिफारिसमा परेका छन्। सुनसरी क्षेत्र नम्बर– १ बाट जयकुमार राइको एकल नाम सिफारिस भएको छ। सुनसरी १ बाट निर्वाचन लडन इच्छा राखेका प्रदेश १ का पूर्व मुख्यमन्त्री भीम आचार्य भने सिफारिसमा अटाएनन्। यस अगाडीको २०७४ को निर्वाचनमा जसपाका  संघीय परिषद अध्यक्ष अशोक राईलाइ २२ हजार मत अन्तरले पराजित गरेका राईलाइ पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा उठनका लागि एकल नाम सिफरिस गरिए पछी उनको टिकट निश्चित झै भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.