समितिले सोधेका प्रश्नहरुको औचित्य छैन : जबरा

समितिले सोधेका प्रश्नहरुको औचित्य छैन : जबरा

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिस समितिको औचित्यमाथि प्रश्न उठाएका छन्। आइतबार बयान दिन प्रतिनिधि सभाको महाभियोग सिफारिस समिति पुगेका निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथि जेजस्ता प्रश्नहरु सोधिएका छन् ती सबै न्यायपालिका ध्वस्त पार्ने खालको भएको बताएका हुन्।

उनले भने,' बयानका क्रममा जेजस्ता प्रश्नहरु सोधिएका छन्। ती सबै न्यायपालिका ध्वस्त पार्ने खालका छन्। यसरी न्यायपालिका सुदृढ र सक्षम हुँदैछ।'

जबराले आफूमाथि लगाइएको महाभियोगलाई राजनीतिकरण गर्न खोजिएको आरोप लगाए।

न्यायपालिकाको गरिमामा आँच आउने तत्वहरुलाई निर्थक बनाउनुपर्ने बताए।

प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ। 

उनले आफ्ना सहकर्मी न्यायाधीशमाथि विभिन्न आरोप लगाएका छन्।

यसअघि बयानका क्रममा जबराले महाभियोग निस्कृय भइसकेको दावी गरेका थिए।

यसअघि समितिले भदौ १५ र १६ र १९ मा जबरासँग बयान लिएको थियो। जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.