खोला तर्ने क्रममा दुई जनाको बगेर मुत्यु

खोला तर्ने क्रममा दुई जनाको बगेर मुत्यु

दैलेख : दैलेखमा खोला तर्ने क्रममा बगेर दुई जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा भैरबी गाउँपालिका-२ का ४३ वर्षीय बीरबहादुर थापा र महाबु गाउँपालिका-३ का कृष्णबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) भुवनेश्वरप्रसाद साहले जानकारी दिए। उनका अनुसार मृतक थापा र बुढा नाताले सम्धी हुन्। 

बीरबहादुरले सम्धी कृष्णबहादुरलाई घर पुर्‍याउन जाँदा भैरबी गाउँपालिका-२ ढाडेमेली भन्ने ठाउँमा खोला तर्ने क्रममा दुवैलाई खोलाले बगाएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मृतक दुवैको शव भैरबी गाउँपालिका-१ भीरखेत खोली बजारस्थित छामघाट खोलाको पुल नजिकै खोलामा भेटिएको डीएसपी शाहले बताए। ‘दुवै जनाको शव खोलामा थियो, खोलाबाट शव निकालेर पोस्ट मार्टमका लागि दैलेख जिल्ला अस्पतालमा ल्याईएको छ,’ डीएसपी शाहले भने।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.