रुकुम पूर्वमा बस दुर्घटना : ४ जनाको मृत्यु, १३ घाइते
दाङ : रुकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
भूमे गाउँपालिका वडा नम्बर ३ स्थित क्याङ्सी बगरमा बस दुर्घटनाा हुँदा ४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पताल रुकुम कोटमा उपचार भइरहेको छ। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
रुकुम पूर्वका प्रहरी प्रमुख प्रकाश डांगीले ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको अन्नपूर्णलाई जानकारी दिए। घाइतेहरुको सनाखत हुन बाँकी छ।