भीमफेदी बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो
हेटौंडा : मकवानपुरको भीमफेदीमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ। हेटौंडा अस्पतालमा लैजाने क्रममा बाटोमै थप एक जनाको मृत्यु भएपछि मृतकको संख्या सात पुगेको हो।
भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौंबाट फाखेल-कुलेखानी-भीमफेदी सडकखण्ड हुँदै हेटौँडातर्फ आउँदै गरेको बा.३ ख ७८५८ नम्बरको बस भीमफेदी-६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमको टोली घटनास्थलमा पुगेको छ। हालसम्म मृतकको पहिचान हुन नसकेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !