स्वास्थ्य सामग्री हस्तान्तरण
नुवाकोट : स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्देश्यले नुवाकोटको विदुर नगरपालिकाका वडाहरूमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।
प्राप्त सामग्रीहरू सहयोगी संस्थाले विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठलाई हस्तान्तरण गरेको हो।
सहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजना, आयोजना व्यवस्थापन कार्यालय, रानीपोखरी काठमाडौंले विदुर नगरपालिकाका आठवटा वडामा हेल्थ डेस्क स्थापनाका लागि विभिन्न स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको हो।
उपलब्ध गराइएको सामग्रीहरू बुझ्दै मेयर राजन श्रेष्ठले यसबाट वडावासीहरूलाई प्रभावकारी र पारदर्शी रूपमा सेवा प्रदान गर्न सहज हुने बताए।
संस्थाले दिएका गरेका सामग्रीहरू मेयर श्रेष्ठले वडाध्यक्षहरूलाई हस्तान्तरण गरेका छन्।
वडाध्यक्षहरूले हेल्थ डेस्कबाट सर्वसाधारणलाई उपचारमा सहजता हुनुका साथै सामग्रीहरूको सदुपयोग गरिने बताए।
खानेपानी तथा ढल व्यवस्थापन विभाग पानीपोखरी, काठमाडौँको कार्यक्रमअन्तर्गत साना सहरी आयोजना अन्तर्गत जापान सरकारको अनुदानमा पहिलो चरणमा विदुरको आठवटा वडा कार्यालयहरूमा हेल्थ डेस्क स्थापना गर्न सामग्रीहरू उपलब्ध भएको कार्यालयले जनाएको छ।
यसबाट बिरामीहरूलाई प्रभावकारी रूपमा स्वास्थ्य उपचार गर्न सहज हुने विदुर नपाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !