एमालेका सल्लाहकार गंगाराम यादवले छाडे पार्टी
जनकपुरधाम : नेपाल कम्युनिष्ठ पार्टी एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्यागको घोषणा गरेका छन् । निर्वाचनको मुखमा पार्टी छोड्ने र प्रवेश गराउने लर्कोका बीच एमालेका प्रभावशाली नेता गंगाराम यादवले एमालेका परित्यागको घोषणा गरेका हुन्।
जनकपुरधाममा सोमबार पत्रकार सम्मेलन गरी एमाले पार्टी परित्यागको घोषणा गरेका हुन् । एमाले कम्युनिष्टको विचार, नीति र सिद्धान्त विपरीत व्यक्तिवादी भएर चल्न थालेकाले आफू पार्टी परित्याग गरेको बताए । गंगाराम धनुषा क्षेत्र नं. २ का एमालेका पुराना र प्रभावशाली नेता मानिन्छ ।
२०३६ सालदेखि नै एमालेको राजनीतिमा सक्रिय एमालेबाट प्रतिनिनिधिसभा सदस्य उम्मेदवारका आकांक्षी थिए । तर एमालेले धनुषा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि यादव रुष्ट बने र पार्टी परित्याग गरेको हो ।
जनता समाजवादी पार्टीले धनुषा क्षेत्र नं. २ बाट यादवलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने आश्वासन दिएर एमाले छाडन लगाएको श्रोतले जनाएको छ । यसै हप्ता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनुषाको तिनकौरिया आएर उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि उनले असन्तुष्ट हुँदै एमाले परित्याग गरेका हुन्।