मन्दिर प्रवेश गरेको भन्दै दलितमाथि कुटपिट : वडाध्यक्ष पक्राउ, पुजारी फरार

मन्दिर प्रवेश गरेको भन्दै दलितमाथि कुटपिट : वडाध्यक्ष पक्राउ, पुजारी फरार

बाजुरा : त्रिवेणी नगरपालिका-७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरेको भन्दै दलितमाथि कुटपिट भएको छ। 

बुढीगंगा नगरपालिका-५ नवाघर स्थायी ठेगाना भई हाल कन्चनपुर जिल्ला बस्दै आएका ५० वर्षीया टेकेन्द्र सुनारमाथि कुटपिट भएको छ। 

कुटपिट गर्नेमा त्रिवेणी नगरपालिका-७ का वडाध्यक्ष जुद्ध अयडी, सोही वडाका अन्दाजी ५२ वर्षीया रंग उपाध्याय र ३५ वर्षीया बिनोद अयडीले कुटपिट गरेको आरोपमा निवेदन परेको जिल्ला प्रहरी कार्याल्यका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्यबहादुर थापाले बताए। 

निवेदनपछि असोज १२ गते बुधबार त्रिवेणी नगरपालिका-७ का वडाध्यक्ष अयडीलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी प्रमुख थापाले बताए। 

आरोपित दुई जना रंग उपाध्याय र बिनोद अयडी फरार रहेको डिएपी थापाले बताए। 

त्रिवेणी नगरपालिका-७ मा रहेको नाटेश्वरी मन्दिरमा नवरात्रीको पूजा गर्ने समयमा दलितले मन्दिर प्रवेश गरेर पूजा गरेको भन्दै कुटपिट गर्नुका साथै डुम भन्दै लागागलौज गरेको निवेदक सुनारले निवेदनमा उल्लेख गरेको प्रहरी प्रमुख डिएसपी सुर्यबहादुर थापाले बताए। 

नाट्यश्वरी मन्दिरमा नवरात्री बस्न गएको समयमा हातपात गर्नुका साथै आफूसँग भएको नगद ६० हजार पनि खोसेर लगेको पीडित सुनारले बताए।

आफूहरू पूजा गरिरहेको स्थलमा आउन मिल्दैन भन्दै डुम शब्द प्रयोग गरी जातीय विभेद गर्दै कुटपिट र लुटपाट गरेको पीडित टेकेन्द्र सुनारले बताए।

त्रिवेणी नगरपालिका-७ का वडाध्यक्ष जुद्ध ऐडी र मन्दिरका पुजारी रंग उपाध्याय र बिनोद अयडीविरुद्ध पीडित सुनारले बडिमालिका प्रहरी चौकी पैमामा जातीय विभेद र लुटपाटसम्बन्धी जाहेरी दिएपछि वडाध्यक्ष अयडीलाइ पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख डिएसपी थापाले बताए। 

घाइते सुनारको आँखा कान नाक र पीठ्युमा चोट लागेर शरीर पुरै सुन्निएको छ। घाइते सुनारको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.