डिजिटल दसैं दक्षिणा दिँदा वालेटको प्रयोग

डिजिटल दसैं दक्षिणा दिँदा वालेटको प्रयोग

काठमाडौं : विगत केही वर्षयता युवा पुस्ताको रोजाइमा दसैं डिजिटल बन्न थालेको छ। किनमेलदेखि दक्षिणा दिनेसम्मको काम डिजिटल माध्यमबाट हुने गरेका छन्। अधिकांश बैंक तथा वित्तीय संस्था, फोन–पे, ई–सेवाजस्ता भुक्तानी प्रदायक संस्था, नेपाल क्लियरिङ हाउस (एनसीएचएल)जस्ता भुक्तानी सञ्चालक कम्पनीहरूलगायतले डिजिटल कारोबार तथा भुक्तानीका लागि क्यूआर कोड, कनेक्ट आईपीएसजस्ता सुविधा प्रयोगमा ल्याएका छन्। 

पछिल्लो समय डिजिटल कारोबारमा आकर्षण पनि बढेको छ। सामान्यतया यस्ता भुक्तानी दैनिक हुने गरे पनि चाडपर्वमा बढी हुने गरेको छ। यो बेला उपभोक्ताको उपभोग्य क्षमता बढ्ने हुँदा लत्ताकपडा, खाद्यान्न, तरकारी किनमेलदेखि विलासिताका वस्तुहरू मोबाइल, ल्यापटक, टीभी, फ्रिज, सवारीसाधनलगायतको खरिदबापतको भुक्तानी वालेट, क्यूआर, पस आदिबाट हुने ट्रेन आएको छ। 

विभिन्न संस्थाहरूले डिजिटल भुक्तानी गर्नेलाई प्रोत्साहनस्वरूप चाडपर्वभर विभिन्न अफरसहितका सुविधा दिँदै आएका छन्। यसमध्ये भुक्तानी प्रदायक संस्था फोन–पे एक हो। ग्राहकहरूलाई यही असोज ४ गतेदेखि १३ गतेसम्म हरेक दिन फोनपेमार्फत डिजिट कारोबार गर्ने एक ग्राहकलाई एक लाख जित्ने योजना ल्यायो। फोन–पेका ब्रान्ड म्यानेजर प्रफुल रिसालले यो योजनामा अहिलेसम्म ८ जना विजेता घोषणा भइसकेको जानकारी दिए। ‘अब दुई जना हुन बाँकी छ। यसमा सहभागी हुन ग्राहकले क्विक रेस्पोन्स (क्यूआर) कोडमार्फत भुक्तानी, फन्ड ट्रान्सफर वा अनलाइन पेमेन्ट गर्नुपर्ने हुन्छ। साथै फोन पे अफर एपमा गएर फेस्टिभ च्यालेन्ज स्विकार गर्नुपर्ने हुन्छ,’ उनले सो अफरबारे बताए।  

यसैगरी फोन–पेले व्यवसायीको लागि पनि असोज ४ गतेदेखि १२ गतेसम्म हरेक दिन क्यूआर कोडमार्फत भुक्तानी लिनेलाई छुट्टै अफर ल्याएको छ। जस्मा हरेक दिन एक जनाले एउटा सामसङ फोन जित्न सक्ने अफर ल्याएको छ। यससँगै सामान किनमेलमा सहज होस् र डिजिटल भुक्तानीलाई प्रोत्साहन मिलोस् भनेर  भाटभटेनीमा क्यूआरमार्फत भुक्तानी गर्नेहरूले निःशुल्क ब्याग पाउनेछन्। साथै यसमा हरेक हप्ता ७० जनाले अनलिमिटेड सपिङको उपहार पाउन सक्नेछन्।  यो योजना असोज ८ गतेदेखि कात्तिक १३ गतेसम्म लागू हुनेछ।  

यो अवधिमा २० हजार जनाले भाटभटेनीको १ हजार रुपैयाँबराबरको डिजिटल सपिङ भौचर फोन पे एपमा पाउन सकिने व्यवस्था छ। यसैगरी सेल्सवेरीमा सपिङ गर्ने ग्राहकले जति सामान किन्यो त्यति नै फ्रि सपिङ गर्न सक्नेछन् भने बम्परमा पाँच जनाले एक–एक लाखको सपिङ भौचर पाउने छन्।  सामान्यतया अहिले डिजिटल भुक्तानीमा आकर्षण एकदम बढ्दो मात्रामा रहेका ब्रान्ड म्यानेजर रिसालको अनुभव छ।  ‘यसै साता हामीले एक दिनमा चार अर्बको ट्रान्जेक्सन सेटल ग¥यौं। फोन पे नेटवर्कबाट भने सबैभन्दा बढी इन्टरबैंक फन्ड ट्रान्सफर र क्यूआर पेमेन्ट पनि रेकर्डमा राखेका छौं। राम्रो आकर्षण छ,’ उनले भने।   

यसबाहेक ईसेवाले पनि डिजिटलमा प्रोत्साहन गर्न चाडपर्व लक्षित अफर ल्याएको छ। ईसेवाका चिफ म्यानेजर आशिष गौतम कम्पनीले  विगतका वर्षहरूमा दसैंलक्षित गर्दै डिजिटल दक्षिणाको योजना ल्याउने गरेको र यसवर्ष पनि ल्याएको बताए।  गत वर्षमात्रै यस्तो योजनामा एक लाखको संख्यामा ८–१० करोड रुपैयाँबराबरको कारोबार भएको थियो। गत वर्ष यस्को राम्रो प्रभाव परेकाले यसपटक पनि दसैं दक्षिणा सुरु गरिएको उनको भनाइ छ। दक्षिणा पाउने र पठाउने दुवैले ईसेवा नै प्रयोग गरुन् भनेर ल्याइएको हो। यसमा पठाएको दक्षिणामा ई–सेवाले केही रकम थपेर पठाउने उनले जानकारी दिए। 

ईसेवाका प्रबन्ध प्रमुख गौतमका अनुसार ग्राहकहरूलाई डिजिटल कारोबारमा बानी बसाल्न कसरी सहयोग गर्न सकिएला भन्ने उद्देश्यले विभिन्न अफरहरू ल्याएको हो । ‘ग्राहकलाई अफरको नयाँपन दिन खोजेका छौं। यसैले एक रुपैयाँमा गेम खेलाउने खालका चाखलाग्दो योजना ल्याएका छौं। ई–सेवाको वेवसाइड तथा एपहरूमा एक रुपैयाँमा स्वास्थ्य बिमा, एक रुपैयाँमा  दिल्लीको टिकट, एक रुपैयाँमा होटल बुकिङ, एक रुपैयाँमा फोनलगायतका खेलहरू पनि राखिएको छ,’ उनले भने, ‘यस्तै दसैं सपिङ भनेर २५ प्रतिशतसम्मको छुटसहित सहुलियत मूल्यमा एलईडी टीभी, वासिङ मेसिनलगायतका आइटमहरू  राखिएको छ।  यस्तै असोज १२ गतेदेखि ईसेवाबाट क्यूआर भुक्तानीमा गर्दा रु. सयसम्म १० प्रतिशतसम्मको छुट पाइने व्यवस्था गरेको छ।’

यसै क्रममा नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल अबको युग डिजिटाइजेसन भएकाले यसतर्फ उन्मुख गर्न जरुरी भएको बताउँछन्। पछिल्लो समय केन्द्रीय बैंकको तथ्यांकमा पनि मोबाइल बैंकिङ, क्यूआरको कारोबार, वालेट ट्रान्सफरलगायतमार्फत गर्ने कारोबार गर्नेको संख्या बढ्दै गएको उनले बताए। यद्यपि डिजिटलमा मात्रै एकै पटक फड्को मार्न नसकिने तर बानी पार्दै जान सकिन्छ। गत वर्षको तुलनामा अधिकांशले डिजिटलमार्फत कारोबार गरेकाले पनि नगद केही घटेको छ। जनतामा नगद प्रवाह, जनताले बोकेर हिँड्ने कम देखिएकाले अब नेपालमा क्रमशः डिजिटल इकोनोमी, डिजिटल कारोबार विस्तारै बढ्दै गएको देखिन्छ। 

यसैगरी, राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल पछिल्लो परिस्थितिलाई हेर्दा क्रमशः सबै कारोबार डिजिटाइजेसन हुनुपर्ने अवस्था आएको बताउँछन्। बैंकहरूले मोबाइल बैंकिङलगायतलाई प्रयोग गरेर दक्षिणा दिने सोच उपयुक्त भएको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.