संस्कृतिविद् जोशी सिकिस्त

संस्कृतिविद् जोशी सिकिस्त

काठमाडौं : संस्कृतिविद् एवं वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी डेंगु संक्रमणका कारण सिकिस्त बनेका छन्। ललितपुर ग्वार्कोस्थित किस्ट अस्पतालको आईसीयूमा राखेर आइतबारदेखि जोशीको उपचार भइरहेको छ। 

‘उहाँ हिजो (आइतबार)देखि सिकिस्त हुनुहुन्छ। त्यसैले हामीले आईसीयूमा राखेर उपचार सुरु गरेका छौं’, किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले भने, ‘हिजोभन्दा केही सुधार भएको छ। तर, अझै रेस्पोन्सिभ हुनुहुन्न।’ 

मुटुको चालसम्बन्धी समस्या देखापरेकाले त्यसलाई नियन्त्रण गर्न आईसीयूमा राखी उपचार सुरु गरिएको प्रा.डा. बज्राचार्यद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। छातीमा निमोनिया संक्रमण देखिएकाले आइतबारदेखि नै एन्टिबायोटिक दिन थालेको जनाइएको छ।

‘उहाँको स्वास्थ्यको निरीक्षण मेडिसिन विभागको नेतृत्वमा अन्य विभागहरू क्रिटिकल केयर, एनेस्थेसियोलोजी, पल्मनोजी, कार्डियोलोजी, युरोलोजी, नेफ्रोलोजी, फिजियोथेरापी, न्युट्रिसनलगायतका विधासहितको मल्टी डिसिप्लिनरी एप्रोचमा चिकित्सकहरू संलग्न रहनुभएको छ’, विज्ञप्तिमा लेखिएको छ, ‘डा. जोशीज्यूको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजक नै रहेको छ।’

१ सय ३ वर्षीय जोशी असोज ७ गते अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए। पहिलो दिनमै डेंगु संक्रमण निदान भएपछि उपचार थालिएको थियो। त्यसपछि स्वास्थ्यमा क्रमिक सुधार आए पनि सात–आठ दिनपछि पुनः शरीर दुख्ने, खाना अरुची हुनेलगायत समस्या देखिएको थियो। 

उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई अक्सिजन दिइएको छ। मुटुको चालका लागि औषधी चलाइएको छ। प्रा.डा. बज्राचार्यले आइतबारभन्दा सोमबार श्वासप्रश्वासमा सुधार आएको बताए। ‘उहाँले खाना आफैं खान सक्नुहुन्न। आइभी र नाकबाट पाइप पठाएर खाना दिइरहेको छौं’, उनले भने, ‘एन्टिबायोटिक र अन्य औषधी दिइरहेका छौं। सुधार आएन भने नयाँ उपाय निकाल्छौं।’

जोशीका साथमा जेठा छोरा अनुराज अस्पतालमा बसिरहेका छन्। कान्छो छोरा बेलायतबाट आउँदै गरेको भतिजो अजरमान जोशीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.