बाढी पहिरोको उच्च जोखिममा मुगुका ३३ बस्ती

बाढी पहिरोको उच्च जोखिममा मुगुका ३३ बस्ती

मुगु : दसैंदेखि लगतार भएको वर्षाको कारण जिल्लाका चार स्थानीय तहका ३३ बस्ती उच्च जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिले बताएको छ।

बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले दसैंबाट २४ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लाका चार स्थानीय तहका ३३ बस्ती उच्च जोखिममा रहेकाले विपद जोखिम न्युनीकरणका लागी ती बस्तीलाई विपद संकटग्रस्त क्षेत्र घोषण गर्न नेपाल सरकार गृह मन्त्रलायलाई अनुरोध गर्ने निर्णय गरेको हो।

बाडाढी पहिरोले उच्च जोखिममा रहेको छाँयानाथ रारा नगरपालिकाको ढुमा  गाँउ।

६ दिनसम्म परेको लगतारको वर्षाले छाँयानाथ रारा नगरपालिकाको बागबजार, सायाखोला, निगाले, ओाडार, दोबाटो, ढुमाललेख, बालैबगर, माथिघुइर, साहनीबाडा झयारी, सिागाडी,चराप, तल्लो, सालिम, भटडाडी,  खत्याड गाँउपालिकाको बमकाँडा, जोगिलेख, गिालबोट, साटबाडा गाडेखोला, सेरी जोगीलेख, साटबाडा, गाँडेखोला, सेरी, जामा, हिगोटी, पैखु, खामाले, चाकपाडे, कवा, रासकोटीबाडा, थारा, ठाम्लेख, सेवलीबगर, हचुरी, नर्खजी, बम्डिका जामिर, कर्खा, सेरी, सेही, डुमाना, ह्यागुल, डाँडिया रातापानी, जेउडी, रिखिय र बिराबगर सोरु गाँउपालिको घताडि, रावलबाडा, बन्जाह, ख्याल्च, गयलपानी, तारपानी, आसिधारा, कच्चे, लाम्तु र हितबाडा साथै मुगुम कार्मारोङ गाँउपालिकाको सेरोग, माग्री र चिामात गरी ३३ बस्ती मानव बसोबासका लागि उच्च जोखिममा रहेकाले यी बस्ती लगायत अन्य बस्तीको सम्भाब्यता अध्यन सहित बस्ती स्थानतरणका लागी नेपाल सरकार गृह मन्त्रालय मार्फत मन्त्रिपरिषदमा निर्णय पठाएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिएका हुन्।

 ८ जनाको ज्यान  जानुका साथै  सयौंको संख्यामा घर भत्किएर घरबारविहीन भएका छन्। वर्षाले भित्र्याउन लागेको अन्नबाली पहिरोले लगेर विद्यालय तथा अन्य सार्वजनिक स्थलमा परिवारसहित बसेका घरपरिवारलाई तत्काल राहत उपलब्ध गराउन एकद्वार प्राणिलीबाट जिल्ला प्रशासन कार्यालय मार्फत तत्काल रहात वितरण गर्ने निर्णय समेत भएको छ।

अवरुद्ध सडक चार/पाँच दिनमा खुल्ने
 

वर्षाले अवरुद्ध भएको गमगढी–पिना सडक खण्डमा जोखिम मोलेर हिंड्दै सर्वसाधरण।

अवरुद्ध भएका जिल्ला सदरमुकाम गमगढी जोड्ने सडक खण्डहरु चार/पाँच दिन भित्र संचालनमा आउने भएका छन्। नाग्मा–गमगढी सोरु–गमगढी र ताल्चा –गमगढी सडक खण्ड चार पाँच दिनभित्र संचालनमा ल्याउन छाँयानाथ रारा नगरपालिकाले ताल्चा–गमगढी र सोरु गाँउपालिकाले गमगढी–सोरु खण्ड र सडक डिभिजन कार्यालय जुम्लाले नाग्मा–गमगढीको अवरुद्ध सडक खण्ड खुलाउन बिहीबारबाटै काम अगाडि बढाएका हुन्।
  
वर्षातले नाग्म–गमगढी सडक खण्डको ९४ किलो मिटर सडक खण्ड अवरुद्ध हुँदा नेपालगंज, सुर्खेत आवत जावत गर्ने सम्पूर्ण यातायातका साधन बन्द भएका छन्। यातायातको साधन मात्र अवरुद्ध नभइ पैदल यात्रु आवत जावतमा पनि समस्या भएको छ। सदरमुकाम गमगढी जोड्ने  गमगढी–सोरु, ताल्चा–गमगढी र गमगढी–छायाल सडक खण्ड अवरुद्ध हुँदा सर्वसाधरणलाई दुई घण्टाको बाटो एक दिन लगाएर सदरमुकाम आउनु परेको उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष कमल बुढाले बताए।

लगतार अविरल वर्षाले अवरुद्ध भएको नाग्मा–गमगढी सडक खण्ड खुलाउन डोजर, स्काभेटर भाडामा लिइ काम सुरु गरिसकेकाले चार पाँच दिन भित्र खुल्ने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.