४४ प्रतिशत जनसंख्यामा बिमा पहुँच

४४ प्रतिशत जनसंख्यामा बिमा पहुँच

काठमाडौं : नेपालका ४४.०५ प्रतिशत नागरिकमा बिमाको पहुँच पुगेको छ। यो म्यादी, लघु, वैदेशिक रोजगार र जीवन बिमा गर्नेको तथ्यांक हो । गत आर्थिक वर्षको भदौमा २८.१६ प्रतिशत थियो। बिमा समितिको तथ्यांकअनुसार यसरी बिमा गर्नेको संख्या सहरी क्षेत्रका अधिक छन् ।  

म्यादी र लघुम्यादीसमेत जोड्दा बिमाको पहुँच ४०.४६ प्रतिशत पुगेको छ। तर म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बिमालेखबाहेक भने १६.८७ प्रतिशतमा बिमा पहुँच पुगेको छ। लामो अवधिभन्दा छोटा अवधि अर्थात् दुर्घटना बिमा लगायतमा आकर्षण बढ्दै गएको छ। जीवन बिमामा २०–२५ वर्षेसम्मका बिमालेख जारी हुने तर म्यादी र लघुले छोटा अवधिको जोखिम व्यहोर्ने भएकाले यसमा आकर्षण बढेको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए।

चाडपर्वको आसपास बिमा गर्नेको संख्या सामान्यतया घट्ने र यसपछि बढ्ने उनको अनुमान छ। बिमा कम्पनीले बिमालेख धितो कर्जाको ब्याजदर बैंकको भन्दा महँगो गरेकाले केही आकर्षण घटेको उनको अनुमान छ। बरु बिमालेख धितो कर्जा कम्पनीले बैंकबराबर दिए अझै बिमा पहुँच वृद्धि हुने उनको अपेक्षा छ। ‘जुनसुकै प्रकारका बिमामा भए पनि नागरिक सहभागी भए सबैलाई कुल जनसंख्याको पहुँचमा गणना गर्न सकिन्छ। 

किनभने २०–२५ वर्षे जीवन बिमाबाहेकका अन्य दुर्घटना बिमाजस्ता म्यादी तथा लघुम्यादी पनि समग्रमा बिमाकै पहुँचमा पर्छन्। जसरी भए पनि बिमाको दायरामा आउनु नै ठूलो कुरा हो,’ उनले भने। यद्यपि, पछिल्लो महिनासम्म नेपालका १९ बिमा कम्पनीले १ करोड ४० लाख १४ हजार ८ सय ६६ बिमालेख बिक्री गरेका छन्। नागरिकमा बिमाको पहुँच बढ्दै गएको देखिए पनि यो सहर केन्द्रित नै देखिन्छ। भदौसम्मको तथ्यांकलाई आधार मान्दा जीवन बिमा कम्पनीले जारी गरेको बिमालेख संख्या बागमती प्रदेश केन्द्रित छ। कुल बिमालेखमध्ये ७०.३३ प्रतिशत बागमती प्रदेशमा मात्रै छ। 

कुल बिमालेख १ करोड ४० लाखमध्ये ९८ लाख ५७ हजार बिमालेख बागमती प्रदेशबाटै जारी भएको छ। यसमा पनि राजधानीमा बिमाको पहुँच बढी छ। किनभने यहाँको जनघनत्व पनि धेरै छ। यसपछि बिमालेख संख्या बढी भएको क्षेत्र प्रदेश १ हो। यहाँ कुल बिमालेखको ९.५१ प्रतिशत अंश छ। यो सो क्षेत्रमा जारी भएको १३ लाख ३२ हजार बिमालेख संख्या हो। यसपछि लुम्बिनी, गण्डकी, मधेस, सुदूरपश्चिम र कर्णाली रहेका छन्।

सबैभन्दा कम बिमाको पहुँच कर्णाली प्रदेशमा पुगेको छ। कर्णालीमा १.६३ प्रतिशत अर्थात् २ लाख २७ हजार ८ सय ७० बिमालेख संख्या छ। जीवन बिमा कम्पनीले ३ हजार ३ सय ६२ वटा शाखामार्फत मुलुकभर बिमा सेवा दिँदै आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.