टिकट नपाएका गुप्तालाई फकाउँदै कांग्रेस नेताहरू

टिकट नपाएका गुप्तालाई फकाउँदै कांग्रेस नेताहरू

विराटनगर : नेपाली कांग्रेसका नेता राजेश गुप्ता रुष्ट बनेका छन्। लोकतान्त्रिक र वाम गठबन्धनबाट प्रदेश सभाको टिकट नपाएपछि रुष्ट बनेका गुप्तालाई सक्रिय बनाउन कांग्रेसका शीर्ष नेताहरु सक्रिय भएर लागेका छन्।

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक र वाम गठबन्धनबाट टिकट नपाएपछि युवा नेता रुष्ट बनेका हुन्।

यसअघिको निर्वाचनमा जसपाका उम्मेदार जयराम यादवसँग झिनो मतले पराजय भएका गुप्ता मोरङको निर्वाचन क्षेत्र नम्बर ५(ख)मा सबैभन्दा बढी लोकप्रीय नेताको रुपमा चिनिन्छ।

अमृत अर्यालसँग मिलेर ५ नम्बर क्षेत्रलाई काग्रेय मय बनाएका गुप्ताले अन्तिम समयमा आएर टिकट नपाएका हुन।

गुप्ताले निर्वाचन लड्ने क्षेत्रमा केन्द्रीय सदस्य अमृत अर्यालयले टिकट पाएपछि गुप्ता केहि समयदेखि रुष्ट बन्दै पार्टीको कार्यक्रमहरुमा गएका छैनन्। गुप्ताको नाम प्रदेशतर्फ एक नम्बरमा सिफारिस भएको थियो।

घरको काममा व्यस्त भएको भन्दै सक्रिय नभएपछि गुप्तालाई मनाउन बुधबार विहानै अमृत अर्यालसहितका अगुवा नेताहरुले गुप्ताको घरमा गएर करिब ५ घण्टा छलफल गरेका छन्।

गुप्ताले आफूले टिकट नपाएर रुष्ट नभएको बताएको सहभागीले एक नेताले बताए। परिवारिक काममा व्यस्त भएकाले पार्टीको काममा समय दिन नसकेको भन्दै अब सबै क्रार्यक्रममा विगतजस्तै आउने र कांग्रेस जिताउन रहेको सहयोग गर्ने प्रतिवद्धता जनाए।

उम्मेदवारी मनोनयन भएपछि गुप्ता चुनावी मैदानमा नदेखिएपछि अर्याललाई मतदाताहरुले गुप्ताले किन निस्क्रिय भएको भन्दै प्रश्न गर्न थालेका थिए। गुप्ता सो क्षेत्रको सबैभन्दा लोकप्रिय नेताको रुपमा चिनिन्छ। उनीहरु हालः प्रदेश काग्रेसको कोषाध्यक्ष हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.