भद्रपुर नाकाबाट लागुऔषध भित्र्याउने कारोबारी सक्रिय, दुई जना समातिए

भद्रपुर नाकाबाट लागुऔषध भित्र्याउने कारोबारी सक्रिय, दुई जना समातिए

झापा : भद्रपुर–गलगलिया सीमा नाकाबाट लागु औषध नेपाल भित्र्याउने कारोबारी सक्रिय रहेको पाइएको छ। सीमा नाकाबाट नेपालतर्फ आउने सवारीसाधन चेकजाँच कडाइ फितलो भएसँगै लागु औषध भित्राउने कारोबारी सक्रिय बनेको हो। 

यसैक्रममा भारतबाट नेपालतर्फ आइरहेको डब्लुबी ७४ एवाई ३७७७ नम्बरको कारबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले लागु औषध बरामद गर्दै एक नेपाली नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका- ३ निवासी ३४ वर्षीय मिराज खान र भारत किशनगञ्ज जिल्ला जोहरीगञ्ज- ८ निवासी ३० वर्षीय मोहम्मद कासीद रहेको भारतीय प्रहरीले जनाएको छ।  

एसएसबीले उनीहरूको साथबाट कोडिन फस्फेट क्लोरफेनिरामाइन १०० एमएलको २१ बोतल सिरप र ९० पिस नाइट्रोजन ट्याब्लेट बरामद गरेको हो। 

कालो रङ्गको कारमा सवार उनीहरू सीमा नाकामा तैनाथ एसएसबीको भातगाँउ चेकपोस्टसम्म आइपुगेका थिए। एसएसबीले कारको चेकजाँच गर्दा कारभित्र कालो रङ्गको ब्यागबाट लागु औषध बरामद गरेको बताइएको छ। एसएसबीको चेकपोस्टदेखि नेपाल बोर्डर करिब २०० मिटर टाढा छ। सो कारमा ब्राउन सुगर आइरहेको सूचना एसएसबीले पाएका थिए। तर, कारबाट अन्य प्रकारका लागु औषध बरामद भयो। 

कारमा तीन जना सवार थिए। अर्को व्यक्ति पनि बिर्तामोडकै थिए। उनलाई एसएसबीले छाडिदिएको बताइएको छ। लागु औषधसहित पक्राउ परेका दुवै जनालाई भारतीय प्रहरीले किशनगञ्ज कारागार पठाइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.