नवलपुरको बुलिङटारमा बस दुर्घटना : पाँच जनाको मृत्यु,२५ घाइते
चितवन : नवलपुरको बुलिङटारमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बुलिङटार गाउपालिका -२ मथारमा ना ६ ख ७५८० नम्बरको बस बिहान ४ बजे दुर्घटनामा परेको हो।
पाल्पाबाट गोरखाको मनकामना दर्शनका लागि जाँदै गरेको बस सडकबाट करिब सय मिटर तल खोलामा खसेको हो । बुलिङटार प्रहरीका अनुसार २५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी सन्तोष पाठकले घाइतेहरूलाई उपचारका लागी भरतपुर पठाइएको जानकारी दिए। घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस !