कांग्रेस बागमतीद्वारा निर्वाचन परिचालन समिति गठन
हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेश समितिले निर्वाचन परिचालन समिति गठन गरेको छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलक्षित गतिविधिलाई तीव्र एवम् प्रभावकारी बनाउन समिति गठन गरिएको कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए।
बानियाँकै संयोजकत्वमा बनाइएको समितिको सह-संयोजकको जिम्मेवारी उपसभापति चन्द्र महर्जनलाई दिइएको छ। समितिको सदस्यहरूमा कांग्रेस बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठ, दीर्घमान श्रेष्ठ ऋषिराम घिमिरे, जीवन ढंगोल, हरिशरण श्रेष्ठ, जगदिश्वरनरसिंह केसी, मिलनबाबु श्रेष्ठ, बलराम पौडेललगायत छन्।
समिति गठनपश्चात प्रतिक्रिया दिँदै संयोजक बानियाँले संविधान र व्यवस्थाको रक्षा गर्दै देश र जनताको हितका निम्ति गठबन्धनका उम्मेदवार विजयी हुनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस !