'नो रोड, नो भोट'

'नो रोड, नो भोट'

मलंगवा : सर्लाहीको कौडेना गाउँपालिकामा हुलाकी सडकको मर्मत सम्भार र कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानीय युवाहरूले सडक अवरुद्ध गरेका छन्। 

हुलाकी सडकको मर्मत सम्भार तथा कालोपत्रे गर्नुपर्ने माग राख्दै सयौंको संख्यामा रहेका युवाहरूले बिहानैदेखि सडक अवरुद्ध पारेका हुन्। 

वर्षौदेखि जीर्ण रहेको सडक आजसम्म कालोपत्रे नभएको भन्दै कौडेना गाउँपालिका-३ का युवाहरूले सडक अवरुद्ध गर्दै नो रोड, नो भोटको नारा लगाएका छन्। 

उनीहरूले बिहानैदेखि सडकमा ढाट लगाउनुका साथै टायर बालेर प्रदर्शन गरेका छन्। सडकको मर्मत सम्भार र कालोपत्रे गर्नका लागि कुनै दलका नेताले पनि चासो नदेखाएकाले नो रोड, नो भोटको अभियानअन्तर्गत सडक अवरुद्ध गरेको स्थानीय युवा प्रविण जयसवालले जानकारी दिएका छन्। 

बिहान ६ बजेदेखि नै आफुहरू सडक अवरुद्ध गरेको जयसवालले जानकारी दिए। वर्षौदेखि जीर्ण रहेका हुलाकी सडकमा धेरै दुर्घटना हुने गरेको छ। सडकको अवस्थामा दयनीय छ। कसैले कुनै सुनवाइ गरेको छैन। 

सवारी साधन सञ्चालन हुँदा सडक वरिपरिका घरमा धुलैधुलो हुन्छ। हिउँदमा धुलाम्य र वर्षामा सधैं हिलाम्य हुन्छ। सडक कहिले बन्छ ठेगान छैन। 

'२३ वर्षको उमेर भयो। सानैदेखि सडकको अवस्था त्यस्तै छ। हजुर बुबाको पालादेखि नै हुलाकी सडकको अवस्था दयनीय छ। चुनावको समयमा नेताहरू आएर मलाई भोट दिनु म जितेपछि यसवर्ष बनाउन लगाइदिन्छु भनेर आश्वासन दिएर जान्छन्। तर, जितेर गएपछि पाँच वर्ष फर्केर आउँदैनन्', उनले भने। 

गाडीमा घुमेर भोट माग्ने राजनीतिक दलका नेताहरूलाई दबाब दिनका लागि पनि आफूहरूले अभियान सुरु गरेको स्थानीय युवा निरज मिश्रले बताए। 

सडक कालोपत्रे गर्ने ठेक्का लागेको लामो समय भएपनि अहिलेसम्म काम अघि बढेको छैन। काम गराउनका लागि नेताहरूले अहिलेसम्म कुनै कदम चालेका छैनन्। 

सर्लाहीबाट पूर्व महोत्तरी जिल्लामा कालोपत्रे भइसकेको छ। रौतहटमा पनि भइसकेको छ। तर, सर्लाहीमा हुन सकेको छैन। 

सडक अवरुद्ध गर्दा ठेकेदारका प्रतिनिधि आएर सहमति गरेपछि सडक खुलेको मिश्रले बताए। प्रतिनिधिले बिहीबारदेखि नै सडकमा पानी छर्किने र शनिबारदेखि सडकको काम सुरु गर्ने प्रतिबद्धता जनाएपछि युवाहरू सडक खुलाएका हुन्। 

कौडेना सर्लाही क्षेत्र नं. २ मा पर्ने गाउँपालिका हो। यस क्षेत्रबाट प्रतिनिधि सभामा सतारूढ गठबन्धबाट माओवादीका महेन्द्र राय यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो र एमाले जसपा गठबन्धबाट एमालेका राजनारायण साहले उम्मेदवारी दिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.