बसको झ्यालबाट टाउको बाहिर निकाल्दा स्कुले बालकको मृत्यु

बसको झ्यालबाट टाउको बाहिर निकाल्दा स्कुले बालकको मृत्यु

काठमाडौं : स्कुलबाट फर्कने क्रममा बसको झ्यालबाट टाउको निकाल्दा रुखमा ठोक्किएर स्कुले बालकको मृत्यु भएको छ । 

लाजिम्पाटमा रहेको वेस्ट इलिमेन्ट्री मन्टेश्वरी स्कुलमा कक्षा ५ मा पढ्ने १४ वर्षीय आयुस्मान दाहालको मृत्यु भएको हो । काठमाडौं महानगरपालिका सामाखुसी बस्ने दाहाल बुधबार स्कुलबाट घर फर्कने क्रममा बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएका थिए।

बा १ क ४६४२ नम्बरको बस विद्यार्थी लिएर फर्कदै थियो।  

रुखमा ठोक्किएर घाइते भएका उनलाई शिक्षण अस्पताल महाराजगन्जमा लगिएको थियो । उपचारको क्रममा बिहीबार बिहान उनको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता दिनेश मैनालीका अनुसार बस चालक रोशन अधिकारीलाई नियन्त्रणमा लिइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको  छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.