मकवानपुरमा निर्वाचन आचारसंहिता कडाइका साथ लागू गरिने

मकवानपुरमा निर्वाचन आचारसंहिता कडाइका साथ लागू गरिने

हेटौंडा : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै मकवानपुरमा आचारसंहिता कडाइकासाथ लागू गरिने भएको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशाशन कार्यालयले निर्वाचन आचारसंहिता पालना भए नभएको अनुगमन गरी आचारसंहिता उल्लंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउने जनाएको छ। 

बिहीबार पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले आचारसंहिता पालना गराउन आफूहरू योजनाका साथ अघि बढेको बताए। 

कोष तथा लेखा नियन्त्रकको कार्यालय मकवानपुरका प्रमुख रमेश अर्यालको नेतृत्वमा आचारसंहिता अनुगमन समितिसमेत बनाइएको उनले बताए। 

'आचारसंहिता उल्लंघन भएको पाइएमा हामी निर्वाचन आयोगमा कारबाहीका लागि सिफारिस गर्छौँ,' उनले भने। 

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले निर्वाचनलाई स्वस्छ, निस्पक्ष र भयरहित तवरबाट सम्पन्न गर्नका लागि आफूहरू लागिपरेको बताउँदै सबै क्षेत्रको सहयोग आवश्यक रहेको उल्लेख गरे। 

आजै निर्वाचन कार्यालयको आयोजनामा हेटौंडाबाट पत्रकारितामा सक्रिय रहेकाहरूलाई निर्वाचनको समयमा सञ्चार क्षेत्रले खेल्नुपर्ने भूमिकाबारे छलफल गरिएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.