निर्वाचन सामग्री पाल्पामा आइपुग्यो
तानसेन : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पाल्पामा निर्वाचन सामग्री आइपुगेको छ।
मतदानमा आवश्यक पर्ने सामानहरू जिल्ला निर्वाचन कार्यालय पाल्पामा आइपुगेको हो।
कार्यालयले निर्वाचन आयोगबाट आएका सबै निर्वाचन सामग्री प्याकिङ गरी मतदान केन्द्रमा पठाउने कार्य अघि बढाएको छ।
कार्यालयले मतदानका लागि चाहिने ५६ प्रकारका सामग्रीको रुजु गर्ने तथा प्याकेजिङ गर्ने काम गरिरहेको छ।
प्रत्यक्ष तर्फको मतपत्रबाहेक सबै किसिमका निर्वाचन सामग्रीहरू जिल्लामा आइपुगेको कार्यालयका प्रमुख रुकमागत अर्यालले बताए।
जिल्लामा ११८ मतदानस्थल र २४६ वटा मतदान केन्द्र कायम गरिएको छ। जिल्लामा २ लाख १ हजार ३ सय २६ मतदाता रहेका छन्।
प्रतिक्रिया दिनुहोस !