मेचीनगरको दुना टपरी फ्याक्ट्रीमा आगलागी

मेचीनगरको दुना टपरी फ्याक्ट्रीमा आगलागी

झापा : मेचीनगर नगरपालिका–९ बालुवाटारस्थित दुना टपरी फ्याक्ट्रीमा आगलागी भएको छ ।

फ्याक्ट्रीमा आगो लाग्दा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सुपारीको पातबाट दुना टपरी बनाउने लिप प्लस प्रालिमा आइतबार आगलागी हुँदा मेसिन, औजार र तयारी सामान जलेर नष्ट भएका छन् । 

फ्याक्ट्रीमा मध्यरातको १२ : ५० बजे सुरु भएको आगलागी बिहान २:४० बजे नियन्त्रणमा आएको प्रहरी कार्यालयका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय धुलाबारी, स्थानीयवासी, मेचीनगर, कमल, बिर्तामोड, भद्रपुर र दमक नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको उनले बताए । आगलागीको कारण भने खुल्न नसकेको उनको भनाइ छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.