बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हेटौंडा : मकवानपुरको मनहरीमा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मनहरीको नयाँबस्ती बस्ने २९ वर्षीय अबिनाश गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। 

सोमबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका वडा नम्वर-६ सुनाचुरीमा काकडभिट्टाबाट काठमाडौंको लागि छुटेको ५ ख ७९४३ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००३ प ४९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो। 

दुर्घटनापश्चात् बसका चालक फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.