बागलुङमा नमुना मतदान, न्यून मत बदर

बागलुङमा नमुना मतदान, न्यून मत बदर

बागलुङ : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बदर मत कम गर्ने लक्ष्य र मतदातलाई सहजताका लागि बागलुङमा नमुना मतदान कार्य सञ्चालन गरिएको छ। 

जिल्ला निर्वाचन कार्यालय बागलुङले बागलुङका १० पालिकामा नमुना मतदान कार्य सञ्चालन गरिरहेको हो। बागलुङमा आइतबारदेखि नमुना मतदान कार्य सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिए। 

सूचना अधिकारी शर्माले चार पालिकामा नमुना मतदान सम्पन्न भइरहेको बताए। 

'अहिलेसम्म निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने गलकोट नगरपालिका, निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका, ताराखोला गाउँपालिकामा नमुना मतदानको कार्य सम्पन्न भइसकेको छ, सूचना अधिकारी शर्माले भने,'क्षेत्र नम्बर २ मा पर्ने ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिका सहित क्षेत्र नम्बर १ मा पर्ने बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा केही दिनमा सम्पन्न गर्छौं।'

धेरै मतदातले मतदान गर्दा मत बदर गर्ने सम्भावनालाई कम गर्न नुमना मतदान कार्य सुरु गरेको सूचना अधिकारी शर्माले बताए। उनले हालसम्म सम्पन्न भएका नमुना मतदानमा केही मत मात्र बदर देखिएपनि अधिकाशंले बदर नगरेको बताए। 

'नमुना मतदान कार्यमा निसीखोला गाउँपालिकामा १, २ मतहरू बदर भएको पाइयो,' सूचना अधिकारी शर्माले भने,'अन्य पालिकामा बदर मत देखिएन। निसीखोलामा पनि जानेकैले कस्तो हुँदो रहेछ भनेर जानीजानी बदर गरेको जस्तो देखियो।'

नमुना मतदानले मत बदर नहुने विश्वास गरिएको सूचना अधिकारी शर्माको भनाइ छ। नमुना मतदानमा सम्बन्धित पालिकाका स्थानीय, कर्मचारी र सुरक्षाकर्मीहरूको सहभागिता रहने गरेको छ। 

बागलुङमा मत बदर नहोस् भनेर मतदाता शिक्षा कार्यक्रम पनि संचालन गरिएको छ। कार्तिक १८ गतेदेखि स्वास्थ्य स्वयंसेविकाहरूलाई परिचालन गरि घर, घरमा मतदाता शिक्षा दिन सुरु गरिएको सूचना अधिकारी शर्माले बताए।
निर्वाचन कार्यालय बागलुङले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ। 

कार्यालयले मतदानस्थलमा खटिने कर्मचारीहरूको नामावली मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरिसकेकोले बताएको छ। 

सूचना अधिकारी शर्माले मतदानस्थलमा खटिने कर्मचारीहरूलाई तालिम र निर्वाचन अधिकृतको कार्यालयसम्म निर्वाचनका सामग्री पुर्‍याउने काम मात्र बाँकी रहेको बताए। उनले कात्तिक २८, २९ गतेसम्म निर्वाचनको तयारी पूरा हुने जानकारी दिए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.