फेरि प्रधानमन्त्री बनेर देखाउन ओलीलाई प्रचण्डको चुनौती

फेरि प्रधानमन्त्री बनेर देखाउन ओलीलाई प्रचण्डको चुनौती

दार्चुला : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन् ।

बुधबार दार्चुलामा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफैले प्रधानमन्त्री बनाएको दावी गरे। 

ओलीले संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको प्रचण्डको आरोप छ। 

उनले तत्कालीन समयमा ओलीले एकपटक आफूलाई प्रधानमन्त्री बनाइदिनुस् भनेकाले आफूले सहयोग गरेर दोस्रो पटक पनि  प्रधानमन्त्री बनाएको भन्दै पुन: प्रधानमन्त्री बनेर देखाउन चुनौती दिए । उनले भने, 'तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउनुस् ।’

अध्यक्ष प्रचण्डले ओलीले आफूले लिम्पियाधुरा लिपुलेक समेटेर बनाएको नक्सा पनि ओलीले बाध्य भएर मात्रै बनाएको बताए ।  ‘ओलीले नक्साको कुरा गर्नुहुन्छ । केपी ओलीले होइन यो नक्सा बनाएको। भ्रममा नपर्नुहोला । नेकपामा मसहित भएर पार्टीको बहुमतले बाध्य बनाएपछि मात्रै बनाएको हो,' प्रचण्ड भने।

प्रचण्डले ओली कायर भन्दै चुनाव आएपछि मात्रै दार्चुला आएर गोहीको आँशु चुहाउने गरेको बताए । ‘जब चुनाव आउँछ अनि दार्चुला आएर गोहीको आँसु चुहाउँछन् केपी ओली । त्यो गोहीको आँसु हो, सक्कली होइन,' उनले भने।'
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.