सर्लाही ४ मा गठबन्धनलाई कांग्रेस छाडेका अमरेशको चुनौती

सर्लाही ४ मा गठबन्धनलाई कांग्रेस छाडेका अमरेशको चुनौती

मलंगवा : सर्लाही क्षेत्र नम्बर ४ मा यसपालीको चुनाव रोचक हुने भएको छ। अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवारको बलियो उपस्थिति देखिएको छ।

सतागठबन्धन र एमाले- जसपा गठबन्धनलाई स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन्।

सतागठबन्धनबाट नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति नागेन्द्र कुमार राय चुनावी मैदानमा छन् भने एमाले- जसपा गठबन्धनबाट जसपाका राकेशकुमार मिश्र चुनावी मैदानमा छन् । स्वतन्त्रतर्फ अमरेश कुमार सिंह र मधुमाला यादव चुनावी मैदानमा उत्रेका छन् । सिंह निवर्तमान सांसद हुन् भने यादव संविधानसभा सदस्य एवं माओवादी केन्द्रका नेता शिवपूजन रायकी छोरी हुन् ।

नेपाली कांग्रेसबाट टिकट नपाएपछि सिंहले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । सिंह यस क्षेत्रबाट २०७० सालको संविधान सभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसबाट निर्वाचित नेता हुन् । बलियो जनाधार आफ्नो पक्षमा रहेको भन्दै चुनाव आफूले नै जित्ने सिंहको दाबी छ ।

माओवादीको राम्रो मत रहेको र पार्टीले आफ्नो मान्छेलाई टिकट नदिएपछि शिवपूजनले आफ्नी छोरीलाई स्वतन्त्रबाट उम्मेदवारी दिन लगाएका हुन् । 

नेपाली कांग्रेसबाट टिकट नपाएपछि सिंहले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । सिंह यस क्षेत्रबाट २०७० सालको संविधान सभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसबाट निर्वाचित नेता हुन् ।

बलियो जनाधार आफ्नो पक्षमा रहेको भन्दै चुनाव आफूले नै जित्ने सिंहको दाबी छ । ‘स्वतन्त्रबाट उम्मेदवारी दिएपनि जनता मेरो साथमा छन्, ' सिंहले भने, ‘यो क्षेत्रमा मैले गरेको विकास नै मेरो जित्ने आधार हो । गठबन्धनले केही फरक पार्दैन ।'

'यस क्षेत्रका जनता सचेत छन् । कामको मूल्यांकन गरेर मतदान गर्छन् । पार्टीले मलाई टिकट नदिएर ठूलो गुन लगाएको छ । चारेतारे झण्डा छोडेर सबैले सम्मान गर्ने राष्ट्रिय झण्डा बोक्न पाएकोमा खुशी लागेको छ । मैले नयाँ राजनीतिक जीवन पाएको छु,' सिंहले भने।

लोकन्तत्रको सबलीकरण, भ्रष्टाचार, परिवारवादको अन्त्यका लागि आफूले उम्मेदवारी दिएको सिंहले बताए । उनले भने,' निष्ठा र सिद्धान्तको राजनीतिक गर्ने मान्छे हुँ । लोकतन्त्रको रक्षा र विकासका लागि सदैव एक सच्चा सिपाही हुँ । शिक्षा, स्वास्थ्य, सडक, सिचाईं, शान्ति सुरक्षालाई मजबुत पार्नका लागि कसैसँग कुनै किसिमको सम्झौता गर्दिन।'

नेता सिंहले आफ्नो लडाईं स्वतन्त्रसँग हुने र  गठबन्धनबाट कुनै फरक नपर्ने ठोकुवा गरे।

यस क्षेत्रमा दलगत उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारको चर्चा बढि रहेको गोडैता नगरपालिकाका रंजित ठाकुरले बताए । उनले अहिले  सिंह र यादवकै बारेमा चर्चा हुने गरेको बताए।

बलरा नगरपालिका गडहियाका स्थानीयबासीले यसपटकको चुनावमा स्वतन्त्र उम्मेदवारले नै बाजी मार्ने दाबी गरेका छन् । सिंह दुईपटक यस क्षेत्रबाट चुनाव जितिसकेकाले उनको पक्षमा राम्रो जनाधार रहेको स्थानीयको अड्कल छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.