झापामा अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिले गरे नमुना मतदान

झापामा अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिले गरे नमुना मतदान

झापा : झापामा अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिहरूले नमुना मतदान गरेका छन्। 

नेत्रहीन युवा संघ नेपाल झापा शाखाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कसरी मतदान गर्ने र बढ्दो बदर मत कम गर्ने उद्देश्यले भद्रपुर-२ पृथ्वीनगरस्थित सगरमाथा माविमा नमुना मतदान गराएका हुन्। 

नमुना मतदानमा अपाङ्गता, दृष्टिविहीन, अशक्त वृद्धवृद्धा गरी ६० जना जनाले मतदान गरेका थिए। त्यसमध्ये चार मत बदर भएको जनाइएको छ। 

संघले नमुना मतदान गराउनु अघि अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिहरूलाई मतदाता शिक्षा समेत दिएको नेत्रहीन युवा संघ नेपाल झापाका अध्यक्ष दिलकुमार राजवंशीले जानकारी दिए। 

संघले जिल्लाको दुधे र बिर्तामोडमा पनि अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिहरूलाई नमुना मतदान गराइसकेको उनले बताए। 

भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भद्रपुर १ नम्बर वडाध्यक्ष रामकुमार अधिकारी, २ नम्बर वडाध्यक्ष राम कँडेल, झापा नेत्रहीन संघका अध्यक्ष द्रोणाचार्य निरौला, नगर अपाङ्गता समन्वय समितिका अध्यक्ष ऋषि चापागाईँ लगायतले मन्तव्य राखेका थिए।

स्वागत मन्तव्य संघका सचिव होमनाथ राजवंशीले राखेको कार्यक्रमको सञ्चालन संघका कर्मचारी मुना भट्टराईले गरेकी थिइन्।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.