सीमित दलले देशलाई बन्धक बनाए : राजेन्द्र लिङ्देन

सीमित दलले देशलाई बन्धक बनाए : राजेन्द्र लिङ्देन

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सीमित दल र नेताले देशलाई बन्धक बनाएको बताएका छन्। 

मकवानपुरको बकैया-४ जुरेलीमा आयोजित चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै उनले ३ दशकदेखि सीमित दल र नेताले मुलुकलाई चक्रब्यूहमा फँसाएको भन्दै देश बचाउने अभिभारा अब जनताको काँधमा आएको बताए। 

'सबै दल एकातिर छन्। राप्रपा अर्को तिर छ, त्यसकारण मुलुकलाई दलदलबाट निकाल्ने हो भने राम्रा उम्मेदवारलाई चुनौँ। छोरी दिँदा जसरी सोच विचार गरेर दिन्छौँ, भोट दिँदा पनि त्यसै गरौँ,' उनले भने। 

प्रतिनिधिसभामा ५ वर्ष एक्लै भएपनि राष्ट्रियता र जनताको हितका लागि वकालत गरेको बताउँदै निर्वाचनपश्चात जनताले पत्याए सरकारमा पुगेर ओरालो लागेको अर्थतन्त्र सुधार गर्ने, औद्योगिक क्षेत्रको विकास गर्ने, रोजगारी सिर्जना गर्ने उनले बताए।

'राप्रपा जनजातिप्रति अनुदार छ भनेर भ्रम फैलाइएको छ, तर राप्रपाको अध्यक्ष जनजाति कै छोरा हो, आज अध्यक्ष भएँ, जनताले पत्याए प्रधानमन्त्री भएर मुलुकलाई समृद्ध बनाउनेछु,' उनले भने। 

राप्रपा मकवानपुरका अध्यक्ष शिवराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर-१ का उम्मेदवार दिपकबहादुर सिंह, १(क) का उम्मेदवार सागर थापा, १(ख) का उम्मेदवार गुन्जन बहादुर न्यौपाने, समानुपातिकबाट प्रदेशसभा सदस्यका उम्मेदवारहरु क्रमश इन्दिरा न्यौपाने, दिपक खनाल, रामहरी न्यौपाने, रामबहादुर थोकर र प्रतिनिधिसभा २(ख) का उम्मेदवार बद्री खड्कालगायतले मन्तव्य राखेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.