हुलाकी सडक कालोपत्रे धमाधम

हुलाकी सडक कालोपत्रे धमाधम

मलंगवा : कौडेनाका युवाको आन्दोलनपछि हुलाकी सडक मर्मत थालिएको छ। सडक मर्मतसम्भार तथा कालोपत्रे गर्न माग गर्दै युवाहरूले एक हप्तादेखि सडक अवरुद्ध गरेका थिए। युवाहरूले नो रोड, नो भोटको नारासमेत लगाएका थिए। सडक मर्मतसम्भार तथा कालोपत्रे नहुदाँ स्थानीयले हिउँदमा धुलो र वर्षायाममा हिलोको मार खेप्दै आएका छन्। आन्दोलनपछि ठेकेदारले सम्झौताअनुसार काम अगाडि बढाउन थालेको स्थानीय प्रवीण जयसवालले बताए।

अहिले सडक कालोपत्रे भइरहेको उनको भनाइ छ। सडकमा रहेका खाल्टाखुल्टीका कारण दिनहुँ दुर्घटना हुने गरेको जयसवालले बताए। ‘छिमेकी जिल्ला महोत्तरी र रौतहटमा कालोपत्रे भइसकेको छ। तर, सर्लाही अहिले पनि जस्ताको त्यस्तै छ,’ उनले भने, ‘चुनावको मुखमा काम भइरहेको छ। चुनावपछि फेरि बनाउँछ कि बनाउँदैन त्यसमा शंका लागेको छ।’ सडकमा धुलो कम भएको छ। पहिले पहिले त घरको खानमा समेत सडकबाट उडेको धुलो पुग्थ्यो। सुकाउनका लागि धोएर राखेको कपडा लगाउनभन्दा पहिले नै फोहोर भएर जान्थ्यो। अहिले केही राहत भएको छ। 

हुलाकी सडक सर्लाहीको पश्चिम क्षेत्रका लागि लाइफलाइन हो। दिनमा सयौं गाडी गुड्ने गरेको छ। त्यसबाट उडेको धुलोका कारण कौडेनाका व्यापार चौपट भइसकेको छ। सडक बनाउनका लागि नेताहरूलाई भन्दा कुनै सुनुवाइ गरेको थिएन। चुनावका बेला भोट माग्न आउने उम्मेदवारले चुनाव जितेपछि कालोपत्रे गर्नका लागि पहल गर्ने बताउँथे। तर, जितेर गएपछि बोलेको वचन कहिले पूरा नगरेका स्थानीयवासीले गुनासो गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.